कोरोना परीक्षण भन्दै झुक्याएर कतारले निष्कासन गर्‍यो कैयौँ कामदार : एम्नेस्टी

 न्यूज विराट
कोरोना परीक्षण भन्दै झुक्याएर कतारले निष्कासन गर्‍यो कैयौँ कामदार : एम्नेस्टी

काठमाडौं, ४ वैशाख-कोरोना भाइसर (कोभिड–१९ परीक्षण) गर्ने भन्दै झुक्याएर कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

गत फागुन २९ र ३० मा कतार प्रहरीले गिरफ्तार गरेको २० नेपाली श्रमिकसँग एम्नेस्टीले गरेको अन्तर्वार्तामा उनीहरूले कोभिड–१९ परीक्षण गर्ने भनेर हिरासतमा लगिएको र त्यहाँ धेरै दिनसम्म राखेर पछि नेपाल फर्काएको बताएका छन् ।

नेपाली कामदारलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले सबैलाई कोभिड–१९ को परीक्षणका लागि लागेको तथा परीक्षण सकिएपछि उनीहरूलाई आ–आफ्नो आवासमा फर्काइदिने भनेको श्रमिकका भनाइ उद्धृत गर्दै एम्नेस्टीले उल्लेख गरेको छ ।

उनीहरूलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण अझैसम्म नपाएको एम्नेस्टीले जनाएको छ । एम्नेस्टी इन्टरनेसनल अन्तर्राष्ट्रिय मामिलासम्बन्धी निर्देशक स्टिभ ककबर्नले भनेका छन्, ‘न त उनीहरूले आफ्नो हिरासत र निष्कासनविरुद्ध कुनै उजुरी नै गर्न सकेका थिए । अमानवीयरूपमा निकै दिन बिताएपछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नु अघि उनीहरूलाई आफ्नो सरसामान ल्याउन पनि दिइएको थिएन ।’

सम्बन्धित समाचार

विराटनगरका उद्योगी श्रवण अग्रवाललाई कुटपिट गर्नेमाथि कारबाहीको माग (विज्ञप्तीसहित)

विराटनगर, २ फागुन । विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ । विराट व्यापार संघले एक विज्ञप्ती प्रकाशित गर्दै कुटपिटमा संलग्न पवन शर्मालाई कारबाही गर्न माग गरेको हो । व्यापार संघले अग्रवालमाथि...

श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जना जेल चलान

विराटनगर । मोरङ र सनुसरीमा श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहसहितको पाँच जनाको समूह पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतले शुक्रबार सुनसरी र मोरङमा श्रृंखलाबद्ध लुटपाट गर्ने पाँच जनाको समूहलाई पुर्पक्षको लागि थुनामा राख्ने...

सहकारी क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाइँदै

ललितपुर, २४ असार-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउँदै गरेको बताएकी छन् । राष्ट्रिय सहकारी विकास बोर्डले तयार गरेको सहकारी क्षेत्रको २५ वर्षे दीर्घकालीन रणनीतिक...

विराटनगरको अरनीको स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा विराटनगरमा रहेको अरनीको स्कुलका बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । तीव्र गतिमा रहेको बसका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । अरनिको स्कुलको बसले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागन्जका ५५...

कांग्रेस बैठकमा कोशीको विवाद छताछुल्ल, बुढाथोकीमाथि खनिए मुख्यमन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा कोशी प्रदेश सरकारलाई लिएर आरोप प्रत्यारोप भएको छ। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस नेतृत्वकै कोशी प्रदेश सरकारको आलोचना गरेपछि मुख्यमन्त्री उद्धव थापा उनीविरुद्ध खनिएका हुन्। बुढाथोकीले...

जीवन विकासद्वारा इन्क्युबेसन सेन्टर स्थापना

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले धनपालथान गाउँपालिका– ३ को धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरुप कुखुराको चल्ला प्रदान गरेको छ । बालबालिकालाई उद्यमशीलता सिकाउने उदेश्यसहित इन्क्युबेसन सेन्टर कार्यक्रम अन्तरगत २०...

४३ हजार बढीको कोरोना परीक्षण, ४७ जनामा संक्रमण, ९ जना निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा बिहीबारसम्म ४३ हजार बढीको परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ४३ हजार ७ सय २२ जनाको परीक्षण गरिएको जानकारी दिइएको हो । यी परीक्षण पीसीआर...

कोशी अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

विराटनगर, साउन २०–विराटनगर स्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना हुने क्रममा मंगलबार विहान मृत्यु भएका उदयपुरको बेलकाका बेदप्रसाद न्यौपानेमा कोरोना नभएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या र ज्वारो आएपछि विराटनगरको विराट मेडिकल कलेजमा आएका उनलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्