झारखण्डका अर्का मन्त्री पनि कोरोना संक्रमित

 न्यूज विराट
झारखण्डका अर्का मन्त्री पनि कोरोना संक्रमित

एजेन्सी, ७ भदौ-भारतको झारखण्डका कृषिमन्त्री बादल पत्रलेख कोरोना संक्रमित भएका छन् । स्वास्थ्यमन्त्री कोरोना संक्रमित भएपछि उनले पनि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

झारखण्डका हेमन्त सोरेन सरकारको ११ सदस्यीय मन्त्रिपरिषदमा उनी कोरोना संक्रमित हुने तेस्रो मन्त्री हुन् । मुख्यमन्त्री कार्यालयको निर्देशनपछि बाँकी मन्त्री पनि होम क्वारेन्टाइनमा बसेका छन् ।

मुख्यमन्त्रीसहित केही मन्त्रीको जाँच गराउन बाँकी रहेको छ । मुख्यमन्त्रीको सोमबारमात्रै कोरोना परीक्षण गर्ने तयारी छ । स्वास्थ्यमन्त्री कोरोना संक्रमित भएपछि मन्त्रिपरिषदका सबै सदस्यको कोरोना परीक्षण गराउन निर्देशन दिइएको थियो ।

एक मन्त्रीबाहेक सबै मन्त्री क्याबिनेट बैठकमा सहभागी भएका थिए । जसमा कोरोना संक्रमण देखिएका स्वास्थ्यमन्त्री बन्ना गुप्ता पनि सहभागी थिए ।

सो बैठकपछि स्वास्थ्यमन्त्रीको कोरोना परीक्षणको पोजेटिभ रिपोर्ट आएको थियो । भारतको झारखण्डमा मात्रै २९ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने ३१० जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

बागलुङमा सकियो र्‍यापिड टेष्ट, १ हजार २९ जनाको परीक्षण

बागलुङ, ४ बैशाख-बलेवा –बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको...

टी – २० क्रिकेट प्रतियोगिता : आर्मी सेमिफाइनलमा, दोस्रो खेलमा वागमतीको पहिलो जित

विराटनगर । टी–२० क्रिकेट प्रतियोगितामा क्रिभुवन क्लवको आर्मी र वागमती विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गर्दै सेमिफाइलनमा पुगेको हो ।आर्मीसँग...

एनएमएद्धारा सिएमई कार्यक्रम

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाले सिएमई कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शनिबार आयोजना गरेको हो ।विशेषज्ञ चिकित्सकहरुले अनुभव र शोघहरु प्रस्तुत गरेर अन्य विशेषज्ञ चिकित्सकहरुको चिकित्सकिय...

एसईईको नतिजा अर्को साता

काठमाडौं, २२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ सातापछि मात्र हुने भएको छ । २० साउनभित्र सार्वजनिक गर्ने तयारी गरेपनि रुजु गर्ने काम नसकिएकाले ढिलाइ भएको हो । कोरोना भाइरसका कारण परीक्षा नभएपछि विद्यालयले...

नाट्टाको सातौं अधिवेशन विराटनगरमा हुने

विराटनगर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा ) कोशी प्रदेशको सातौ अधिवेशन विराटनगरमा हुने भएको छ । आगामी भदौं २ गते शनिबार विराटनगरस्थित होटल एशियाटिकमा हुने भएको हो । नाट्टा कोशी प्रदेश...

वायुसेवा निगमका अधिकारीलाई अख्तियारले बोलायो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजको इन्जिन हराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । निगमले २०७४ र हालसालै बिक्री गरेका २ बोइङ जहाजको इन्जिन हराएका थिए । अख्तियारमा परेको सूचनाको आधारमा बुधबार निगमका अधिकारीहरूलाई बोलाइएको अख्तियार स्रोतले...

शिक्षादीप कलेजका विद्यार्थीद्धारा पूर्वाञ्चल आश्रममा शैक्षिक सामाग्री र फलफूल वितरण

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरूको क्लब शिक्षादीप स्टुडेन्टस क्लबका विद्यार्थीहरुले राष्ट्रिय बालदिवसको अवसरमा शैक्षिक सामाग्री र फलफूल वितरण गरेका छन् । पूर्वाञ्चल वाल सेवा आश्रममा शैक्षिक सामाग्री एवंफलफूल वितरण...

दाहाल–नेपाल दल फोडुवा हुन्ः उपप्रधानमन्त्री पोखरेल

जनकपुर, २१ पुस-नेकपाका स्थायी कमिटी सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाहाल–नेपाल समूहलाई दल फोडुवा समूह भन्दै दल फोडनेका पक्षमा नलाग्न आग्रह गरेका छन् । उनले उनीहरुको कारणले कम्युनिष्ट आन्दोलन नै बदनाम भएको जिकिर गरे ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्