बालिकालाई काँस घारिमा बोलाएर बलात्कार

 न्यूज विराट
बालिकालाई काँस घारिमा बोलाएर बलात्कार

विराटनगर, ५ भदौ–मोरङको रतुवामाई नगरपालिकामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिकाकी एक १४ वर्षिय बालिकालाई ललाई फकाई रतुवामाई–७ स्थित रतुवा खोल नजिकैको काँस घारिमा बोलाएर बलात्कार गरेको आरोपमा स्थानीय २१ वर्षिय युवक अभिषेक राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका राजवंशीलाई शुक्रबार जिल्ला अदालत मोरङबाट म्याद थप गरि अनुसन्धान प्रकृया अघि बढाइएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायव निरिक्षक मोति कटुवालले जानकारी दिए ।

उनका अनुसार गएको बुधबार दिउँसो बालिकालाई करणी गरेपछि अत्याधिक रक्तश्राव भएकाले राजवंशीले आफ्ना साथिहरु मार्फट टेम्पोमा चढाएर उर्लाबारी स्थित अरनिको अस्पतालमा पु¥याएका थिए । बालिकालाई करणी गरेर अस्पताल पु¥याएको सार्बजनिक भएलगत्तै युवकलाई उर्लाबारीबाटै प्रहरीले नियन्त्रणमा लिएर सिजुवा ल्याएको थियो ।

पिडित बालिकाकी आमाले अभिषेक विरुद्ध बिहिबार किटानी जाहेरी दिएकी थिइन् । पिडित बालिका तथा युवकबिच प्रेम सम्बन्ध रहँदै आएको र युवकले बालिकालाई काँस घारिमा बोलाएर करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायव निरिक्षक कटुवालले बताए । उनले पिडित बालिकाको उर्लाबारी स्थित अरनिको अस्पतालमै उपचार भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा थप ८९९ जनामा संक्रमण पुष्टि

काठमाडौं, ६ मंसिर-पछिलो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकामा ३८७ महिला र ५१२ जना पुरुषमा कोरोना...

१ सय २२ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, पुस ७–प्रहरीले सोमबार गैरकानुनी रुपमा काठमाडौंमा बसेर विभिन्न आपराधिक गतिविभिका संलग्न १ सय २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । यसरी अवैध रुपमा बसेर आपराधिक गतिविधिका संलग्न गर्नेहरुमा चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको...

चीनसँग तनाव बढेका बेला भारतका रक्षामन्त्री रुस प्रस्थान

एजेन्सी, असार ८-भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरको छन् । भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा छलफल गर्नका लागि उनी रुस प्रस्थान गरेका हुन् । उनी तीनदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका...

रतुवामाईमा खानेपानी बायोस्यान्ड फिल्टरमा घोटला, हिसाव सार्वजानिक गर्न माओवादीको माग

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले वितरण गर्नका लागि खरिद गरेको खानेपानी बायोस्यान्ड फिल्टरमा नीतिगत भ्रष्टचार भएको भन्दै छानविन गर्न माग गरेको छ ।नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) रतुवामाइ नगर समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै...

भारत र अमेरिकाका विदेशमन्त्रीको जापानमा भेटवार्ता हुने

एजेन्सी, २० असोज-अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।...

मतगणना अपडेट : इलाम–२ मा सुहाङले लिए अग्रता

इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको...

भागरथी हत्याका आरोपित नाबालक भएको पुष्टि

बैतडी दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका किशोर नाबालक नै रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बैवडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायण अधिकारीले...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकका लागि आज एउटा मात्रै एजेन्डा राखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्