भारत र अमेरिकाका विदेशमन्त्रीको जापानमा भेटवार्ता हुने - News Birat

भारत र अमेरिकाका विदेशमन्त्रीको जापानमा भेटवार्ता हुने

न्यूज विराट

एजेन्सी, २० असोज-अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

दोस्रो क्वुयुएडीमा सहभागी हुनका लागि उनीहरु जापान जान लागेका हुन् । त्यसमा उनीहरुसँगै जापान र अष्ट्रेलियाका समकक्षीहरु पनि सहभागी हुने भएका छन् । चीन र भारतबीचमा पछिल्लो समयमा फेरि सिमा विवाद भएपछि अमेरिका र भारतका विदेश मन्त्रीबीच पहिलो पटक भेटवार्ता हुन लागेको हो ।

जापान रहेका बेला अमेरिकी विदेश मन्त्री पोम्पेओले जापानका नवनिर्वाचित प्रधानमन्त्री योशिहिडे सुगा र जापानी विदेश मन्त्री टोशिमिट्सु मोटेगीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तापछि सकारात्मक उपलब्धी हुने उनले विश्वास व्यक्त गरेका छन् । रासस

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles