भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा, अवस्था चिन्ताजनक

 न्यूज विराट
भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा, अवस्था चिन्ताजनक

एजेन्सी, २७-कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । उनको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको दिल्लीस्थित एक सैन्य अस्पतालमा उपचार भइरहेको छ । समाचार एजेन्सी एएनआईका अनुसार सोमबार सैनिक अस्पतालमा भर्ना भएका उनको मस्तिष्कको एक साइडको इमर्जेन्सी अपरेशन गरिएको थियो । अस्पतालका अनुसार उनको ज्यान बचाउनका लागि आवश्यक थियो ।

अस्पतालका अनुसार अपरेशनपछि उनको अवस्था चिन्ताजक बनेको छ र उनलाई भेन्टिलेटरमा राखिएको छ । पूर्वराष्ट्रपति मुखर्जीले सोमबार ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको र अस्पतालमा उपचारका लागि भर्ना हुन लागेको जानकारी दिएका थिए ।

उनले स्वास्थ्य जाँच गराउन अस्पताल गएको समयमा कोरोना परीक्षण हुँदा आफूलाई कोरोना संक्रमण देखिएको भन्दै आफ्नो सम्पर्कमा आएकाहरुलाई परीक्षण गर्न आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति

विराटनगर, फागुन २९–प्रदेश–१ को मन्त्रिपरिषद्ले स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति दिएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णयका विषयमा जानकारी दिंदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहलाई...

मोरङमा एक साता लम्बियो निषेधाज्ञा

विराटनगर, १६ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको अवधि एकसाता थप गरेको छ । सोमबारबाट लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा थप गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार निषेधाज्ञा २४...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको पदस्थापन सम्पन्न

विराटनगर, २७ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन शनिबार सम्पन्न भएको छ । भर्चुअल अनलाईन विधिबाट गरिएको क्लबको १७ औँ साधारणसभा तथा नयाँ नेतृत्पको पदस्थापन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर...

मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता

विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा बिहीबार बुद्ध जयन्तीको अवसर पारेर नृत्य प्रतियोगिता आयोजना गरेको हो । नृत्य प्रतियोगिताको प्रथम उर्वी काफ्ले, अलिशा श्रेष्ठ, अनुस्का मण्डल, श्रेया कोइराला,...

बिहान ७ देखि ९ र दिउँसो ३ देखि ७ बजेसम्म पसल खोल्न पाइने

सरकारले लकडाउनको बेला दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन पसल खोल्ने समय तोक्ने भएको छ ।नागरिक आवश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध चामल, दाल, तेल, दुध, पानी, तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक...

बलात्कारको आरोपमा देवर नाता पर्ने पक्राउ

धरान, कात्तिक १७–धरानमा २२ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । महिलाका श्रीमान् घरबाहिर मजदुरीमा गएको मौका छोपेर नाताले देवर पर्ने दुई जनाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय...

रुकुम घटना र सीमा विवादमा सांसदका चासो 

काठमाडौं, १९ जेठ-प्रतिनिधिसभाका सांसदहरुले सीमा विवाद समाधान र रुकुम  घटनाको छानबिन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुममा भएको अमानविय घटना र सीमा विवाद समाधानको विषयमा सरकारको ध्यानाकर्षण गराएका...

सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला

रामकुमारी राई कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित सुन्तोली आधारभुत विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । श्रोत व्यक्ति प्रेमकुमार कार्कीको उपस्थितिमा सोमबार विद्यालय परिसरमा आम भेला सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्