बलात्कारको आरोपमा देवर नाता पर्ने पक्राउ - News Birat

बलात्कारको आरोपमा देवर नाता पर्ने पक्राउ

न्यूज विराट

धरान, कात्तिक १७–धरानमा २२ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । महिलाका श्रीमान् घरबाहिर मजदुरीमा गएको मौका छोपेर नाताले देवर पर्ने दुई जनाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर राजन ओलीले जानकारी दिए ।

डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडित महिलाले देवर नाता पर्ने धरानका २२ र २३ वर्षीय युवाहरू विरुद्ध आइतबार किटान जाहेरी दिएकी थिइन ।

आरोपित मध्ये २२ वर्षीय युवालाई प्रहरीले सोमबार पक्राउ छ । पक्राउ परेका युवा पीडित महिलाको काका ससुराका छोरा हुन् । २३ वर्षीय अर्का युवा भने फरार भएका छन् ।

बलात्कार घटना सार्वजनिक भएपछि परिवारमै मिलाउने प्रयास समेत भएको थियो ।उनीहरूले ती महिलालाई हत्या गर्ने सम्मको धम्की दिएको प्रहरीको भनाई छ ।

पीडित महिला एक छोरा र एक छोरीकी आमा हुन । देवरहरू पनि भाउजू सँगै बस्दै आएका थिए । उनका श्रीमान् मानसिक रोगी रहेको ओलीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको ओलीले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles