मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता

 न्यूज विराट
मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता

विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा बिहीबार बुद्ध जयन्तीको अवसर पारेर नृत्य प्रतियोगिता आयोजना गरेको हो ।


नृत्य प्रतियोगिताको प्रथम उर्वी काफ्ले, अलिशा श्रेष्ठ, अनुस्का मण्डल, श्रेया कोइराला, युनिका घिमिरे र सुभेक्षा घिमिरेको समूह भयो । उनीहरुले नेवारी पहिरन लगाएर सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । प्रथम हुने टिमले नगद पाँच हजार रुपैयाँ पाएको छ । अन्य १० टिमले जनही २ हजार पाएका छन् ।


नृत्य प्रतियोगिताको निर्णायकमा नृत्य निर्देशक प्रेम सोनाम रहेका थिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले नृत्य प्रतियोगिता आयोजना गरिएको स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल रहेका थिए । कार्यक्रममा प्याब्सनकी सल्लाहकार सावित्री पराजुली, इन्द्र राई, नन्दलाल मण्डल, युवराज अधिकारी , चुडामणि नेपाल, दीपक प्रसाद घिमिरे गायक सुमित खड्कालगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा अस्ताउँदो सूर्यलाई यसरी दिइयो अर्घ (फोटो फिचर)

विराटनगर । तराईका जिल्लामा हर्षोउल्लासका साथ मनाइने छठ पूजाको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिएको छ । छठघाटमा पुगेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्य भगवान्लाई अर्घ दिएका हुन् । साँझ विराटनगरको सिंघिया,...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

प्याब्सन स्पोर्ट्स मिट : फुटबलमा पाँच वटा स्कुल विजयी

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट आज दिउँसो ११ बजेबाट सुरू हुदैछ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू हुनेछ । प्याब्सन मोरङको आयोजनामा भएको...

विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, नयाँ विद्यार्थीलाई स्वागतसँगै अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा परेको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम...

काेराेना उपचारपछि घर फर्किएका युवक पुनः अस्पताल भर्ना

जनकपुर, २१ वैशाख-साता दिनअघि कोरोना संक्रमण मुक्त भएको भन्दै घर फर्काएका रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय युवक पुनः नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप...

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिनापछिकै सबैभन्दा कम

नयाँ दिल्ली, २३ असोज-भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ । अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले...

मोरङमा ३२२ सहित प्रदेश १ मा ८९८ संक्रमित थपिए, ३५३ जनाले जिते कोरोना

विराटनगर, १२ जेठ । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र...

एसईइ रनिङ शिल्डको फाइनल आज , उपाधिको लागि बरहा र सत्यनारायण भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको आज दिउँसो विराटनगर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा फाइनल हुदैछ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्