बेरुत बन्दरगाहकाे विस्फोटनस्थलमा १ सय ४१ फिट गहिरो खाडल

 न्यूज विराट
बेरुत बन्दरगाहकाे विस्फोटनस्थलमा १ सय ४१ फिट गहिरो खाडल

एजेन्सी, साउन २५-लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको विस्फोटनका क्रममा १ सय ४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मंगलबार विस्फोट हुँदा १ सय ५० जनाभन्दा बढीको मृत्यु हुनुका साथै बन्दरगाह र त्यसवरपरका घरहरूमा व्यापक क्षति पुगेको थियो ।

अमेरिकी भूगर्भ इन्स्टिच्युटले विस्फोटबाट ३.३ म्याग्निच्युडको भूकम्पबराबरको धक्का महसुस गरिएको जनाएको छ । विस्फोटका कारण कम्तीमा ६ हजार मानिस घाइते हुनुका साथै घर भत्केका कारण ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । लेबनानको मुटुमा भएको यस विस्फोटको जिम्मेवारी उच्च राजनीतिक नेतृत्वले लिनुपर्ने माग गर्दै सरकारविरोधी प्रदर्शनहरू हुन थालेका छन् ।

बेरुत भन्सार तथा बन्दरगाहका साथै सुरक्षा निकायहरूले बन्दरगाहमा भण्डारण गरिएको रसायन जोखिमपूर्ण अवस्थामा रहेको भन्दै तत्काल निर्णय लिन मन्त्रिपरिषदमा समेत प्रस्तावहरू यसअघि पठाएका भए पनि सरकारले बेवास्ता गर्दा ठूलो जनधनको क्षति भएको आमनागरिकको आक्रोश छ ।

फ्रान्सेली अनुसन्धानकर्तासँग मिलेर कार्य गरिरहेका लेबनानी सुरक्षा अधिकारीले विस्फोट भएको स्थानमा झण्डै ४३ मिटर अर्थात् १ सय ४१ फिट गहिरो खाडल बनेको छ बताए ।

फ्रान्सले घटनाको अनुसन्धान एवं उद्धारका लागि ठूलो समूह लेबनानमा परिचालन गरिसकेको छ ।  साथै कतार, रसिया र जर्मनीका उद्धारकर्मीहरूसमेत बेरुतमा क्रियाशील छन् ।

सम्बन्धित समाचार

विराटनगरको सेन्टर मलद्धारा कालोबजारी, दोब्बर नाफामा सामान बिक्रि गर्ने गरेको खुलासा

विराटनगर, २६ कात्तिक–मोरङ व्यापार संघका अध्यक्षसमेत रहेका प्रकाश मुन्दडाद्वारा सञ्चालित सेन्ट्रल मल विराटनगरले कालोबजारी गर्ने गरेको पाइएको छ । सेन्टर मलले उपभोक्तलाई दोब्बर बढी मुनाफा राखेर ठगि र्ने गरेको फेला परेको हो । बाणिज्य, आपूर्ति...

देशका धेरै स्थानमा मेघगर्जन र चटयाङ्सहित वर्षा हुन सक्छ:माैसमविद्

काठमाडौं, २० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण र बागमती प्रदेशमा आजकाे माैसममा सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यसबाहेक मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने सम्भावना...

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

काठमाडौं, ८ मंसिर-कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको...

संविधान संशोधनबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

काठमाठौं, जेठ १७-नेपाली कांग्रेसले संघीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बस्ने बैठकमा संविधान संशोधन प्रस्तावलगायत समसामयिक विषयमा छलफल...

मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएको छैनः उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई  पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् । उनले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र...

प्रदेश सरकारको ध्यान ‘थ्रिटी’मा: मन्त्री घिमिरे

विराटनगर, बैशाख २६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रिटीमा केन्द्रित रहेको बताएका छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर...

विराटनगर–५ का तीन जनामा कोरोना पुष्टि

विराटनगर, २१ साउन–विराटनगर–५ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । गुद्री बजारमा तरकारी पसल सञ्चालन...

आरडीटी पोजेटिभ देखिएकी युवतीका आफन्तको पनि काेराेना परीक्षण

डडेल्धुरा, १० वैशाख-डडेल्धुरा बसेर अछाम गएकी युवतीमा आरडीटी पोजेटिभ देखिएपछि उनका आफन्तको कारोना परीक्षण गरिने भएको छ। अछामको वान्नीगढी जयगढ गाँउपालिका–३ मा २० वर्षीया युवतीको आरडीटी पोजेटिभ देखिएको थियो । ती युवती डडेल्धुराको अमरगढी नगरपालिका– ६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्