देशका धेरै स्थानमा मेघगर्जन र चटयाङ्सहित वर्षा हुन सक्छ:माैसमविद्

 न्यूज विराट
देशका धेरै स्थानमा मेघगर्जन र चटयाङ्सहित वर्षा हुन सक्छ:माैसमविद्

काठमाडौं, २० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण र बागमती प्रदेशमा आजकाे माैसममा सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यसबाहेक मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । 

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी  प्रदेशका धेरै स्थानहरू तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भू-भागहरूका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा साथै अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

आज राति देशभरकाे माैसममा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघगर्जन र चटयाङ्सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा  हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी  वायुको प्रभाव रहेको छ ।

सम्बन्धित समाचार

प्रदेश २ मा कोरोना संक्रमणबाट ७ को मृत्यु, कुल मृतक ८४

धनुषा, १३ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलासहित ७ जनाको मृत्यु हुनुका साथै १६५ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा २/२ तथा पर्सामा ३ जनाको मृत्यु भएको...

७ वर्षे प्रावधानसहित नागरिकता विधेयक समितिवाट पारित

काठमाडौं, ७ असार-संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित भएको छ । समितिमा आज भएको छलफलपछि समितिका बहुमत सदस्यले वैवाहिक अंगिकृतलाई सातवर्षपछि नागरिकता दिने प्रावधानसहित विधेयक पारित गरेको हो ।...

बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान

काठमाडौं, २३ वैशाख-सरकारले बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप...

३३ किलो सुन काण्ड: आजदेखि अन्तिम सुनुवाई सुरु, भोलि सकिने

विराटनगर, १० असोज । साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ आजदेखि सुरू भएको छ । साढे ३३ किलोग्राम सुन प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको...

मिल्स भेट्रान्स गोल्डकप सुरु, उद्घाटन खेलमा आयोजकको सानदार जित

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन...

उदयपुरमा पिकनिक खाएर फर्किएको स्कुल बस दुर्घटना : तीनको मृत्यु, २५ जना घाइते

विराटनगर । उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पिकनिक खाएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा परेको हो ।दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको गाइघाटस्थिति जिल्ला...

विराटनगरका बिकाश अधिकारी लायन्सका डिस्ट्रीक गभर्नर बन्दै, तालिमको लागि अमेरिका प्रस्थान

विराटनग । विराटनगरका युवा व्यवसायी विकाश अधिकारी लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सी का गर्भन बन्ने भएका छन् ।अधिकारी आगामी बर्ष सन् २०२४– २०२५ का लागि डिस्ट्रीक गभर्नर बन्ने भएका हुन् । उनी हाल लायन्स अन्तरास्ट्रिय...

१५ वर्षीया बालिकाको पथरीको लामाटोलीमा हत्या

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका – ७ लामाटोलीमा एक जना बालिकाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । खोटाङ घर भइ पथरीशनीश्चरे ७ मा बस्दै आएकी १५ वर्षीया ज्ञानमति कुलुङ राईको सोमबार राती धारिलो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्