चिनियाँ संस्थाद्वारा मास्कलगायत स्वास्थ्य सामग्री सहयोग

 न्यूज विराट
चिनियाँ संस्थाद्वारा मास्कलगायत स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, २२ साउन-चिनियाँ बुद्धिष्ट एसोसिएसन अन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरूको संस्थाले नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरेका छन् । 

नेपाल सरकारले जारी राखेको कोरोना महामारी नियन्त्रणको प्रयासमा सघाउने उद्देश्यले ती संस्थाहरूका तर्फबाट १३ लाख ३७ हजार थान मास्कलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय भएबमोजिमको एक लट सामग्री बिहीबार नेपाल ट्रान्स हिमालयन सोसाइटीलाई उपलब्ध गराइएको हो ।

चीनको बुद्धिस्ट एसोसिएसनका अन्तर्राष्ट्रिय सदस्य तथा लुम्बिनीमा रहेको चिनियाँ बौद्धगुम्बाका निर्देशक सि चोङयोङले आज ती सामग्री नेपाल ट्रान्स हिमालयन सोसाइटीका अध्यक्ष प्रा.डा. राजीवकुमार झालाई हस्तान्तरण गरे ।

लुम्बिनीमा रहेको चिनियाँ बौद्ध गुम्बाका निर्देशक तथा मास्टर सि चोङयोङ, चान ओ र चिनियाँ बौद्धगुम्बाका स्वयंसेवीहरूबाट नेपालका १ सयभन्दा बढी बौद्ध गुम्बा, विभिन्न ३० बौद्ध विद्यालय र १ हजार ५ सय बौद्धभिक्षुलाई मास्क र अन्य आवश्यक स्वास्थ्य सामग्री यसअघि नै वितरण गरिएको पनि सो संस्थाले जनाएको छ ।

नेपाललाई उपलब्ध गराउने घोषणा गरिएका १३ लाख ३७ हजार मास्क तथा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रमअन्तर्गत अहिलेसम्म नेपालमा ७ लाख ७७ हजार थान आएको र ती सामग्री केही प्रदेश तथा स्थानीय सरकारका साथै नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरूलाई उपलब्ध गराइएको निर्देशक योङले बताए ।

यसका साथै चीनका बौद्धगुम्बाहरूको संस्थाकाे तर्फबाट लुम्बिनी विकास कोषलाई एकमुस्ट रूपमा ६ लाख २० हजार सर्जिकल मास्क उपलब्ध गराइएको थियो ।

लुम्बिनीमा पहिलो सङ्क्रमित भेटिएपछि तत्कालै उक्त संस्थाले ती व्यक्ति तथा गाउँका अरु निम्न आय भएका परिवारका सदस्यका लागि आवश्यक खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

चिनियाँ बुद्धिस्ट एसोसिएसनको समन्वयमा बौद्धधर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाहरूले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर रहने जानकारी निर्देशक योङले दिए ।

नेपालमा वि.सं. २०७२ मा गएको भूकम्पपछि बौद्ध स्तुपलगायतको पुनर्निर्माण तथा सहयोगस्वरुप चिनियाँ बुद्धिस्ट एसोसिएसन र चिनियाँ बौद्धगुम्बाहरूको संस्थाका तर्फबाट १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरिएको जनाइएको थियो ।

नेपाल ट्रान्स हिमालयन सोसाइटीका अध्यक्ष प्रा. डा. झाले चीन सरकार तथा त्यहाँका नागरिक सङ्घसंस्थाहरूले नेपालमाा हाल महामारीबाट अप्ठेरो परेका बेला गरेको सहयोग अनुकरणीय रहेको धारणा राख्दै उपलब्ध सहयोगलाई अत्यावश्यकताका आधारमा नेपालका विभिन्न क्षेत्र र समुदायमा पुर्‍याइने बताए । रासस

सम्बन्धित समाचार

आज १२ हजार ४४४ को परीक्षण गर्दा १ हजार ९११ कोरोना पुष्टि

काठमाडौं, १५ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

उदयपुरमा खुकुरी प्रहार गरी हत्या

विराटनगर, ७ साउन । उदयपुर त्रियुगा नगरपालिका १३ पोर्ताहा का ४५ बर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् । हिजो बिहान सभा...

एनसिडिए मोरङका महासचिब अरुण ठाकुरको फर्मामा अनुगमन, ‘नार्कोटिक’ औषधी जथाभावी विक्री

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका महासचिब अरुण ठाकुरले संचालन गरेको विराटनगर ७ हस्पिटल चोकस्थित उज्वल फर्मामा ‘नार्कोटिक’ औषधी अभिलेख नराखि जथाभावि विक्री वितरण हुने गरेको पाइएको छ । औषधी व्यवस्था विभाग विराटनगरले गरेको...

मन्त्रीपरिषद् बैठक भोलिलाई सर्‍याे

काठमाडाैं, २७ जेठ-लकडाउन खुकुलो पार्ने गरी तयार गरिएको प्रस्तावमाथि निर्णय गर्न बस्ने भनिएकाे मन्त्रिपरिषद् बैठक सरेकाे छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो गर्दै ३ महिनामा पूर्ण खुलाउने गरी तयार पारेको...

नेकोस कोशी प्रदेशको अध्यक्षमा उद्योगी राठी

विराटनगर । नेकोस राष्ट्रिय आईटीए तेक्वान्दो संघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी अरुण राठीलाई निर्विरोध निर्वाचित भएका छन् ।नाकोसको विराटनगरमा मंगलबार भएको प्रथम सम्मेलनले राठीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा सन्तोषकुमार...

बुढीगंगामा फेरि गाेली चल्याे

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेकाे छ । मतदानकाे क्रममा विवाद चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेकाे हाे । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्रबहादुर विष्टले अप्रिय घटना...

बलात्कारको आरोपमा देवर नाता पर्ने पक्राउ

धरान, कात्तिक १७–धरानमा २२ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । महिलाका श्रीमान् घरबाहिर मजदुरीमा गएको मौका छोपेर नाताले देवर पर्ने दुई जनाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, १७ जेठ-सरकारी निवास बलुावाटरमा मन्त्रिपरिषद्को बैठक जारी छ । केही बेरअघि सुरू भएको बैठकमा विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनेबारे छलफल गर्न भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्