एनसिडिए मोरङका महासचिब अरुण ठाकुरको फर्मामा अनुगमन, ‘नार्कोटिक’ औषधी जथाभावी विक्री

 न्यूज विराट
एनसिडिए मोरङका महासचिब अरुण ठाकुरको फर्मामा अनुगमन, ‘नार्कोटिक’ औषधी जथाभावी विक्री

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका महासचिब अरुण ठाकुरले संचालन गरेको विराटनगर ७ हस्पिटल चोकस्थित उज्वल फर्मामा ‘नार्कोटिक’ औषधी अभिलेख नराखि जथाभावि विक्री वितरण हुने गरेको पाइएको छ ।

औषधी व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनका क्रममा नार्कोटिक औषधी अभिलेख नराखि विक्री वितरण हुने गरेको पाइएको हो ।
नार्कोटिक औषधीको अनुचित प्रयोग र दुरूपयोग नहोस भनेर चिकित्सकको सिफारिसमा मात्रै विक्री वितरण र अभिलेख राखेर मात्रै दिनुपर्ने नियम रहेको छ । तर, उज्वल फर्मामा मनलाग्दी रुपमा अनुचित प्रयोग हुने हिसाबले विक्री वितरण हुने गरेको सूचना डिडिएमा उजुरी परेपछि शुक्रबार अनुमगन गरेको हो । अनुगमनको क्रममा कारोबार कैफियत फेला परेपछि सञ्चालकलाई बोलाइएको औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरका प्रमुख निकेश श्रेष्ठले जानकारी दिए । ‘खरिद खाता र मौज्दात विवरणमा मेल खाएन,’ प्रमुख श्रेष्ठले भने, ‘कैफियत देखिएपछि कार्यालयमा बोलाएका छौं, अनुसन्धान भईरहेको छ ।’

उज्वलमा अशोक अग्रवाल भन्ने व्यक्तिले दैनिक औषधीको अर्डर लिने गरेका छन् । उनले अर्डर लिएर जोगबनीबाट अवैध रुपमा भित्र्याएको औषधी त्यहाँ पु¥याउने गरेका हुन् । उज्वलले यसरी भित्रिएको औषधी बिना रेकर्ड नै बिक्री गर्दै आएको छ । जुन नार्कोटिक आईटम धेरै हुन्छन् । नार्कोटिक आईटम–कोडेफ, कोडोफोक्स, कोडो ट्याब, प्रिगास्टार ७५ एमजी, ओपिडोल, स्पास्मोल, ट्रपेन्टाडोल र अट्रासेट मेडिसिन अग्रवाललको भित्र्याउने गरेका हुन् । जुन औषधीको अनुचित प्रयोग गरि लागूऔषधको रुपमा खपत हुने गरेको छ ।
फार्मेसीमा कारोबार हुने मेडिसिन अनिवार्य विभागको स्वीकृति अनुसारको मात्रै हुनुपर्दछ । नेपाली वा विदेशी मेडिसिन बिक्रीका लागि विभागले स्वीकृति नदिएको औषधी तथा फुड सप्लीमेन्टका कुनैपनि आईटम बिक्री गर्न पाइदैन । नार्कोटिक आईटम बिक्री गर्दा चिकित्सकको सिफारिस अनिवार्य आवश्यक पर्दछ । औषधी बिक्रीसँगै त्यसको अभिलेख अनिवार्य राख्नुपर्ने हुन्छ । त्यसमा चिकित्सकको नेपाल मेडिकल काउन्सिल नम्बर पनि समावेश हुनुपर्दछ ।
उज्वल फार्मेसीका सञ्चालक ठाकुरले डिडिएले अनुगमन गर्दा केहि औषधी ¥याकमा नभई कार्टुनमा भेटिएको बताए । उनले शनिबार मौज्दात रेकर्ड मेन्टेन गरेर आइतबारदेखि बिक्री हुने गरेको बताए । ठाकुरले डिडिएले अनुगमन गर्दा कार्टनमा रहेको भनिएका मेडिसिन मिलाउनै बाँकी रहेको सुनाए ।

सम्बन्धित समाचार

रामचन्द्र पौडेलले भने- झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पार्‍यो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको आरोप लगाएका छन् । बिहीबार नेकपाकी नेतृ झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेपछि वरिष्ठ नेता पौडेलले सरकारले...

२७ वर्षीय युवा अभिषेकले विराटनगरमा खोले ‘द ग्राभेटि लाउन्ज’

विराटनगर । विराटनगर – १२ का २७ वर्षीय युवा अभिषेक धमलाले विराटनगरमा ‘द ग्राभेटि लाउन्ज’ रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । उनले विराटनगर १० मा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । उक्त...

प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री र उपकरण हस्तान्तरण

विराटनगर, ३ कात्तिक–युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण...

कोशी प्रदेशको सरकार गठन असंवैधानिक भन्दै एमालेले सर्वोच्चमा हाल्यो रिट

विराटनगर । कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्च अदालतमा रिट हालेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमाले सर्वोच्च पुगेको हो । एमाले...

विराटनगरमा जसपा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

विराटनगर, २३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारीकता उपेन्द्र यादव समुहले पाएपछि जिल्ला तहमा पनि त्यसको असर परेको छ । यादवले आधिकारीकता पाएपछि महन्थ ठाकुर र राजेन्द्र महतो समुह अहिले मधेश दौडाहमा...

मतगणना अपडेट : इलाम–२ मा सुहाङले लिए अग्रता

इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । शीर्ष स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिच कडा प्रतिस्पर्धा भइरहेको...

बलात्कार अभियोगमा बम्जनसहित ३ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौं, १९ असार-लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बम्जनको मुद्दा अदालतमा दायर भएको छ । सर्लाहीकी एक आफ्नै अनुयायी बलात्कार गरेको अभियोग लागेका बम्बजको मुद्दा शुक्रबार जिल्ला अदालत सर्लाहीमा दायर गरिएको हो । उनलाई बलात्कार अभियोगमा...

माधव नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने, बालुवाटार पनि नजाने

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको बैठकले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्