दूरी कायम गर्न डब्लूएचओका नेपाल प्रतिनिधि भ्याण्डेलरको सुझाव

 न्यूज विराट
दूरी कायम गर्न डब्लूएचओका नेपाल प्रतिनिधि भ्याण्डेलरको सुझाव

काठमाडौं, १९ साउन-विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड- १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्काबिच दूरी कायम गर्न अपिल गरेका छन् । 

पछिल्लो समय सरकारले लकडाउन हटाइसकेपछि मानिसहरूले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ । संक्रमण कम गर्नका लागि एकअर्काबीच दूरी कायम गर्नु सबैभन्दा महत्त्वपूर्ण रहेको छ ।

तर, मानिसहरूको भीडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनको नेपाल प्रतिनिधि भ्याण्डेलरले दूरी कायम गर्न अपिल गरेका हुन् । खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको र एकअर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपिल गरेका हुन् ।

उनले कम्तीमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न ध्यान दिन आग्रह गरे । त्यस्तै, मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपिल गरेका छन् ।

सम्बन्धित समाचार

कञ्चनपुरमा ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

कञ्चनपुर, २८ जेठ-कञ्चनपुरमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी २ र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा...

ओशो धर्म प्रदिप ध्यान आश्रम विराटनगरको सातौ साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः राजवंशी चयन

विराटनगर, १८ मंसिर । ओशो धर्म प्रदिप ध्यान आश्रम विराटनगरको साधारणसभा शनिबार सम्पन्न भएको छ । विराटनगर–२ स्थित आश्रमको सातौ साधारणसभा विराटनगरमा सम्पन्न भएको हो । साधारणसभाले पुनः अध्यक्षमा रामनारायण राजवंशीलाई चयन गरेको छ ।...

गौहत्या आरोपमा देवदहबाट ३ जना पक्राउ

बुटवल, २४ वैशाख-रुपन्देहीको देवदहमा गाई काटेर खाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिका- १० भुलहीबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामप्रसाद पराजुली, सुकबहादुर परीयार...

भारतमा २९ हजार ६ सय संक्रमित थपिए, २९० जनाकाे मृत्यु

एजेन्सी, ९ भदौ । भारतमा पछिल्लाे २४ घण्टामा २९ हजार ६१६ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा २८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । यस्तै २४ घण्टाकाे अवधिमा २९० जनाकाे काेराेना संक्रमणका कारण...

ट्रयाक्टर दुर्घटनामा २१ जना घाइते

विराटनगर, माघ १६–सुनसरीको बराहक्षेत्रमा बिहीबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा त्यसका सवार २१ जना घाइते भएका छन् । सुनसरीको बराहक्षेत्रस्थित रानीखोला पुलनजिकै को.२ त ८४८६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको...

सञ्चारमन्त्रीमाथि कमिसन बार्गेनिङको आरोप

काठमाडौं, फागुन ८–सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीका एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सो अडियो टेपमा सेक्युरिटी प्रेस खरिद...

थारु समुदायमा माघीकाे राैनक

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात्...

कोरोनाबाट २४ घण्टामा ७ जनाको मृत्यु

काठमाडौं, १५ भदौ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७ जनाको निधन भएको पुष्टि भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा १ बालिकासहित ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्