कोरोनाबाट २४ घण्टामा ७ जनाको मृत्यु

 न्यूज विराट
कोरोनाबाट २४ घण्टामा ७ जनाको मृत्यु

काठमाडौं, १५ भदौ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७ जनाको निधन भएको पुष्टि भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा १ बालिकासहित ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

महोत्तरी ४ वर्षीया बालिका, गोरखामा ६५ र रूपन्देही ६८ गरी ३ जना महिलाको निधन भएको छ । त्यस्तै, झापाका ८६, रौतहतका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुषको पनिक कोरोनाबाट निधन भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा २ सय ९८ जनासहित देशभर थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । यसमध्ये २१ हजार ४१० जना निको भएका छन् भने १७ हजार ८२२ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार

वामदेवको आरोप : प्रधानमन्त्रीले नै एमाले पार्टी दर्ता गराए

काठमाडौं, १६ असार-निर्वाचन आयोगमा नेकपा एमाले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दर्ता भएको आरोप लगाएका छन् । जारी स्थायी कमिटी बैठकमा बोल्दै सन्ध्या तिवारीको नाममा सोमबार नेकपा एमाले दर्ता भएपछि गौतमले सो आरोप लगाएका...

तालिबानका शीर्ष कमाण्डर सिराजुद्दिन हक्कानी कोरोना संक्रमित

एजेन्सी, जेठ १०-तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् । उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना...

नेपालमा थप २४२ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

नेपालमा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो...

योगेन्द्र मण्डलले पाए ‘ट्युबवेल’ चुनाव चिन्ह

विराटनगर । मोरङ क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यीय पदमा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले ट्युबवेल चुनाव चिह्न पाएका छन् । निर्वाचन कार्यालयले बुधबार मण्डललाई ट्युबवेल चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एमाले...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरमा शान्ति र्याली

विराटनगर, ११ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरमा शान्ति र्याली निकालेको छ । आज ११८औँ विश्व रोटरी दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले र्याली निकालेको हो । विश्वमा शान्ति प्रवर्द्धनका लागि डाउनटाउनले...

कोरोना परीक्षण आंकडा ५० हजारनजिक, ४९ जना संक्रमित, १२ जना निको भएर घर फर्किए

काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरस परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ । आरडीटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

लकडाउनको मौका छोपी चोरीतस्करी, ८ जना समातिए

जनकपुर, ४ वैशाख-लकडाउनको मौका छोपी जंगलबाट चोरीतस्करी गर्नेविरुद्ध प्रदेश–२ मा वन कार्यालयले विशेष अभियान चलाएका छन् । यही अभियान अन्तर्गत बाराको चैतापुर वनबाट गएराती ८ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय शिवनारायण...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा प्याड वेन्डिङ्ग मेसिन र फिल्टर जडान

विराटनगर, ५ असोज । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मोरङको जहदास्थित एक सामुदायीक विद्यालयमा अध्ययनरत छात्राहरुको सुविधाका लागि प्याड वेन्डिङ्ग मेसिन जडान गरेको छ । विद्यालयमा अध्ययनरत छात्राहरुको सुविधाका लागि क्लबले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्