एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न सकिन्न : प्रचण्ड

 न्यूज विराट
एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न सकिन्न : प्रचण्ड

काठमाडौं, १७ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् ।कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औँ स्मृति दिवसका अवसरमा आयोजिक कार्यक्रममा अध्यक्ष दाहालले गलत विचार र प्रवृतिहरूको ढाकछोप नगरी फर्छ्योट गर्नुपर्ने बताएका हुन् ।

कुनै पनि बाहानामा पार्टी विभाजन हुनुहुँदै भन्ने जनताको चाहाना नेतृत्वले बुझेको उल्लेख गर्दै दाहालले भने, ‘आम जनता र कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस भन्ने छ, भन्ने कुरा नेतृत्वको हैसियतले हामीले राम्रो सँग बुझेका छौँ । तर एकता अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र ‘इस्यु’हरूको बहस ढाकछोप र छोपछाप हुने हुनुहुँदैन । तिनको फर्छ्योट ठीक ढंगले गरिनुपर्छ भन्ने कुरामा पनि सचेत छौँ । पुराना नेताहरूप्रति श्रद्धासुमन र सम्मान प्रकट गर्दा लिनेपर्ने शिक्षा यहि हो ।’’

अध्यक्ष दाहालले समाचारहरूमा आएजस्तो पद प्राप्तिका लागि पार्टीभित्र कुनै विवाद नरहेको उल्लेख गर्दै उनले विधि र पद्धतिको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताए । ‘पटक पटक पद दिएर कम्युनिष्ट आन्दोलन एकताबद्ध हुन नदिने कसरतहरूसँग लडेर हामी आएको हो । अस्थिरता झल्किने कुनै पनि काम नहोस भन्नका लागि आफ्नो तर्फबाट सेक्रिफाइज गरिएका छन्,’ उनले भने, ‘त्यसैले पद प्राप्तीका लागि छिनाझम्टी होइन । यो कम्युनिष्ट पार्टीको विचार र विधिको संयोजनबाट चल्ने पार्टी हो । विचारलाई कसरी स्पष्ट पार्ने, इस्युहरूमा कसरी अगाडी जाने र विधि पद्धतिको पालना कसरी गराउने भन्ने विषयमा नै केन्द्रित भएर हाम्रा छलफल चलिरहेका छन ।’

अध्यक्ष दाहालले अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने बताए । पार्टी एकता टुटाउने फुटाउने प्रवृतिहरूलाई सबै मिलेर परास्त गर्नुपर्ने उनले बताए ।

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल/मटितेलमा दुई रुपैयाँले मूल्य समायोजन...

नशासम्बन्धी उपचारमा आर्या न्यूरोको फड्को, मेरूदण्ड भाचिएको विरामीको सफल उपचार

विराटनगर । विराटनगर – ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पतालमा टाउँको, नशा र हाडजोर्नी सम्बन्धी रोगको उपचारमा फड्को मार्दै अगाडी बढेको छ । एकपछि अर्को गर्दै टाउँको, नशा र हाडजोर्नीको उपचारमा आर्या न्यूरोले सफलता हात...

सुनवर्षी मेयर कप क्रिकेटः कर्मचारी टिमको शादानर जित

विराटनगर, ६ पुस । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा कर्मचारी टिम विजय भिएको छ । आजको खेलमा वडा नम्बर ७ लाई पराजित गर्दै सुनवर्षी नगरपालिकाको कर्मचारी टिम...

रंगेली विराटनगर सडक खण्डको लोहन्द्रा पुलमुनी घाइते अवस्थामा भेटिएका ऋषिदेवको कोशी अस्पतालमा मृत्यु

विराटनगर, २९ माघ । मोरङ जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश रिषिदेव रहेका छन् । हिजो बेलुका पौने ७...

प्रहरी सहायक निरीक्षक तामाङसहित ५ जनाविरुद्व मुद्दा दायर

काठमाडौं, ११ असार-हुण्डी कारोबारीले साथमा लिइआएको रकम बाँडफाँड गरी भ्रष्टाचार गरेको आरोपमा अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ वीरगञ्जका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । प्रहरी सहायक निरीक्षक तामाङ,...

३३ किलो सुन काण्ड: आजदेखि अन्तिम सुनुवाई सुरु, भोलि सकिने

विराटनगर, १० असोज । साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ आजदेखि सुरू भएको छ । साढे ३३ किलोग्राम सुन प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको...

जहदा–४ मा वडाअध्यक्ष गिरिले सुरु गरे राहत वितरण

विराटनगर, चैत २५–मोरङको जहदा गाउँपालिका–४ का लकडाउन प्रभावितलाई राहत वितरण कार्य सुरु भएको छ । गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा राहतस्वप खाद्यन्न वितरण कार्य सुरु भएको हो । वडा कार्यालय ४ मा आज आयोजित...

ग्रामथानमा चौतारा निर्माण गरि समुदायलाई हस्तान्तरण

विराटनगर, १५ माघ । मोरङको ग्रामथानका एक समाजसेवीले निजी खर्चमा चौतारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन् । ग्रामथान–५ का नेमनारायण चौधरीले स्थानिय मशानचोकमा चौतारा निर्माण गरेका हुन् । विराटनगर–विराटचोक फोरलेन सडक किनारमा चौधरीले १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्