ग्रामथानमा चौतारा निर्माण गरि समुदायलाई हस्तान्तरण - News Birat

ग्रामथानमा चौतारा निर्माण गरि समुदायलाई हस्तान्तरण

न्यूज विराट

विराटनगर, १५ माघ । मोरङको ग्रामथानका एक समाजसेवीले निजी खर्चमा चौतारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन् । ग्रामथान–५ का नेमनारायण चौधरीले स्थानिय मशानचोकमा चौतारा निर्माण गरेका हुन् ।

विराटनगर–विराटचोक फोरलेन सडक किनारमा चौधरीले १ लाख २५ हजारको लागतमा चौतारा निर्माण गरि समुदायलाई हस्तान्तरण गरे । नवर्निमित चौताराको ग्रामथानमा रहेको एकता अपांग संघका अध्यक्ष जयराम विश्वासले उद्घाटन गरे ।

सो ठाँउमा विभिन्न क्षेत्रबाट आउने बसहरु विसाउने गरे पनि यात्रीहरु उभिने ठाउँ समेत नरहेकाले आफुले निजी लगानीमा चौतारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको उनले बताए ।

आफ्नो छोरी निश्मा चौधरीको जन्म दिवसको अवसर पारेर चौतारा हस्तान्तरण गरिएको उहाँले बताए । यसअघि चौधरीले मशानचोकदेखि पूर्व–पश्चिम पर्ने बस्तीको बिचमा एक किलोमिटर क्षेत्रमा निजी खर्चमै ग्राभेल सडक निर्माण गरेको जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles