थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटी भङ्ग, ३३ सदस्यीय तदर्थ समिति गठन

 न्यूज विराट
थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटी भङ्ग, ३३ सदस्यीय तदर्थ समिति गठन

काठमाडौं, १३ साउन-सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भङ्ग गरी ३३ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापा नेतृत्वको रेडक्रसको वर्तमान कार्यसमिति भङ्ग गरी डा नेत्रप्रसाद तिमल्सिनाको अध्यक्षतामा नयाँ तर्दथ समिति गठन गरेको हो ।

रेडक्रसमा भएको अध्ययन र छानविन समितिको प्रतिवेदनले आर्थिक अनियमितता गरेको भनी दोषी ठहर गरेपछि कारवाही स्वरुप पुरानो कार्यसमिति भङ्ग भएको हो ।  सरकारको स्वीकृतिबिना अर्बौ वैदेशिक अनुदान लिएर खर्च गरी संस्था नवीकरण  नगरेको हुनाले पुरानो कार्य समिति विघटन भएको हो ।

समितिको उपाध्यक्षहरूमा डा. विश्वकेशर मास्के, शर्मिला कार्की, महामन्त्रीमा पिताम्बर अर्याल, कोषाध्यक्षमा सीताराम कोइराला र उपकोषध्यक्षमा होमप्रसाद पाठक रहेका छन् । उपमहासचिव केन्द्रीय कार्यसमितिले तोक्ने गरी निर्णय भएको छ ।

समितिको सदस्यमा श्रीकृष्ण दाहाल, अरुण खनाल, तीर्थराज घिमिरे, लेखबहादुर हमाल, छेपाल दोर्जे लामा तामाङ, इन्द्रबहादुर गुरुङ, प्रताप विष्ट, कुमार थापा र बाबुराजा महर्जन रहेका छन् ।

त्यस्तै, शम्भुप्रसाद पोखरेल, शिवकुमार थापा, अशोक श्रेष्ठ, बाबुराम भट्टराई, उद्धवराज भट्टराई, चन्द्रकला कार्की, प्रदीप घिमिरे, नागेन्द्रप्रसाद चौधरी, उमेश थापा, लोकराज ढकाल, खेमराज केसी, दीपेन्द्र ढकाल, श्यामप्रसाद डोटेल, सुवोधकुमार सिंह, जीवन राना, महेन्द्र श्रेष्ठ, लोकदर्शन श्रेष्ठ र मोहन पोखरेल रहेका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनुसन्धान र छानविन प्रतिवेदनका आधारमा नेपाल रेडक्रसमा भ्रष्टाचार देखिएपछि मन्त्रिपरिषद्मा कारबाहीको प्रस्ताव लागेका थिए ।

सम्बन्धित समाचार

जानकी मन्दिरमा दर्शनार्थीलाई प्रवेश रोक

कोरोना भाइरसका कारण जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको द्वार सर्वसाधारणका लागि बन्द गरिएको छ । मन्दिरमा पूजा हुन्छ तर सर्वसाधारणको प्रवेश रोकिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । दर्शनार्थीको सुरक्षाका लागि...

खतरानाक लागुऔषधसहित एक पक्राउ

विराटनगर, साउन १४–मोरङबाट प्रहरीले खतरनाक र नयाँ प्रकृतिको लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । विश्व बजारमा महंगो र खतरनाक मानिएको मेथान्टामाइन आइस नामक लागुऔषधसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल पक्राउ परेको...

विराटनगरमा मनाइयो आदिवासी जनजाति दिवस (फोटो फिचर )

विराटनगर । विराटनगरमा विभिन्न कार्यक्रम आयोजना ३० औं विश्व आदिवासी जनजाति दिवस मनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ विराटनगर नगर समितिको संयोजनामा आज विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी ३० औं विश्व आदिवासी जनजाति दिवस...

आसाममलाई पराजित गर्दै पुलिस एमएम कप क्रिकेटको फाइनल प्रवेश

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित...

नेपाल एयरलायन्सको भाडादर घट्यो

काठमाडौं, ३१ जेठ-नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी  भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम...

ऋषिकेसका पुर्व स्वकीयसचिव धरौटिमा रिहा

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने मोरङ अदालतले आदेश दिएको छ ।मोरङ अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ठगी आरोपमा पक्राउ परेका...

विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौँ : प्रिन्सिपल त्रिलोचन गौतम

विराटनगर–११ पाञ्चालीमा रहेको सगरमाथा स्कुलका प्रिन्सिपल हुन, त्रिलोचन गौतम । सगरमाथा स्कुलले स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको उनले बताए । शिक्षासँग केन्द्रित...

रंगेलीमा प्रदेशस्तरीय फूलपाती बढाइँमा मुख्यमन्त्रीद्वारा पूजापाठ

विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरबाट कोसी प्रदेशस्तरीय फूलपाती बढाइँ गरिएको छ ।विजया दशमीको सातौं दिन हरेक वर्ष रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुने गर्छ । कोसी प्रदेश सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्