रंगेलीमा प्रदेशस्तरीय फूलपाती बढाइँमा मुख्यमन्त्रीद्वारा पूजापाठ

 न्यूज विराट
रंगेलीमा प्रदेशस्तरीय फूलपाती बढाइँमा मुख्यमन्त्रीद्वारा पूजापाठ

विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरबाट कोसी प्रदेशस्तरीय फूलपाती बढाइँ गरिएको छ ।
विजया दशमीको सातौं दिन हरेक वर्ष रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुने गर्छ । कोसी प्रदेश सरकारले ६ वर्षअघि सन्सारी माई मन्दिरबाट प्रदेशस्तरीय बढाइँ गर्ने निर्णय गरेको थियो । शनिबार कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की बढाइँमा सहभागी भई पूजापाठ गरेका छन् ।
कोसी प्रदेशको राजधानी विराटनगरबाट २२ किलोमिटर पूर्वको चिसाङ खोला किनारमा मन्दिर पर्छ । नवरात्र भर १० दिनसम्म रंगेलीमा दुई दर्जन ब्राम्हणले चण्डी पाठ पारायण गर्ने गर्दछन् । त्यहाँबाट डोलीसहित फूलपाती लिएर रंगेली– ६ को पब्लिक उच्च माध्यमिक विधालय नजिकैको बेलको रुखमुनी विधिवत पूजा गर्ने गरिन्छ । जोडी बेलमा पूजापाठ गरेपछि त्यसलाई रंगेलीकै काली मन्दिरमा मुख्यमन्त्रीले फूलपाती भित्र्याउने चलन छ । लिस्नो (सिँढी) मा चढेर बेल काटेपछि विधिवत रुपमा फूलपाती भित्र्याउने कार्य शुभारम्भ हुन्छ ।
सन्सारी माई स्थानबाट सांस्कृतिक झाँकीसहित निकालिएको डोली जात्रा रंगेली बजारको काली मन्दिरसम्म पु¥याइन्छ । यसमा नेपाली सेनाको टुकडीसमेत सहभागी हुने गर्छ । कोसी प्रदेशकै दर्शनीय पीठको रुपमा विकास भएको सन्सारी माई मन्दिर र स्थानीय काली मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको मुख्यमन्त्री कार्कीले बताएका छन् । “धार्मिक पर्यटन प्रवद्र्धन र विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्नेछ,” उनले भने ।
फुलपाती बढाइँमा रंगेली, सुनवर्षी, रतुवामाई नगरपालिका, धनपालथान र कानेपोखरी गाउँपालिका तथा छिमेकी भारतबाट ठूलो संख्या भक्तजन सहभागी भएका थिए । फूलपाती बढाइँका अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी र विभिन्न जातिका झाँकीसमेत निकालिएको थियो । राई, लिम्बू, मगर, राजंवशी, सन्थाल, उराव र झाँगड समुदायले लोकनृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, प्रतिनिधि सभा सदस्इ योगेन्द्र मंण्डल, कोसी प्रदेशसभाका सदस्य लिलावल्लव अधिकारी, नेपाल प्रहरीका डिआइजी बाँस्तोला,रंगेलीका नगर प्रमुख दिलिप बगडिया, उपमेयर भूमा पराजुली, संन्सारी माई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव श्रेष्ठलगायत सहभागी थिए ।

सम्बन्धित समाचार

कोरोनामुक्त भइन् अभिनेत्री निरिशा

काठमाडौं, ७ असार-अभिनेत्री निरिशा बस्नेत कोरोनामुक्त भएकी छन् । २ सातादेखि भारतको एउटा अस्पतालमा उपचारत उनले कोरोनालाई जितेकी हुन् । अहिले उनी कोरोनामुक्त भएर घर फर्किसकेकी छन् । मुम्बईमा रहेकी निरिशाले स्वस्थ्यमा समस्या आएपछि कोरोना...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, २८ माघ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । बुधबार राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाएको हो । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय...

नेपाल प्रहरीका २२ एसपीको सरुवा

काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि २९ कात्तिकमा पनि आठ एसपीको सरुवा भएको...

युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व, अध्यक्षमा रञ्जीत भगत

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा रञ्जीत भगत चयन भएका छन् । मञ्चको १९ औं साधारणसभाले भगतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा सुमन भट्राई, द्वितीय उपाध्यक्षमा संजीव...

विविएस तेस्रो वर्षको नतिजा प्रकाशित : मेरिल्याण्डकी कृति बोहरा प्रदेश प्रथम भएको दावी

विराटनगर । त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको विविएस तेस्रो वर्षको नतिजा अनुसार विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजले उत्कृष्ट नतिजा ल्याएको छ । मेरिल्याण्डकी छात्रा कृति बोहराले ७७.८ प्रतिशत (डिस्टीङ्सन) अंक प्राप्त गरी प्रदेश प्रथम भएको...

भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

नयाँ दिल्ली १९ मङ्सिर-भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले...

१० भेन्टीलेटरसहित विराटनगरमा ५० बेडको कोरोना अस्पताल संचालनमा

विराटनगर, चैत २१–विराटनगरमा शुक्रबारदेखी कोरोना (कोभिड–१९ ) उपचार केन्द्र संचालनमा ल्याइएको छ । प्रदेश सरकारले निर्माण गरेको कोशी अस्प्ताल कोभिड १९ उपचार केन्द्र शुक्रबारदेखी संचालनमा आएको हो । उक्त चैत ७ गते मुख्यमन्त्री शेरधन राईको...

विमान दुर्घटनामा ज्यान गुमाउने २२ जनाकै शव फेला

मुस्ताङको थसाङ गाउँपालिका–२ मा तारा एयरको विमान दुर्घटना हुँदा निधन भएका २२ जनाको शव फेला परेको छ । नेपाली सेनाले विमानमा रहेका २२ जनाकै शव फेला परेको जानकारी दिएको हो । २१ जनाकाे शव साेमबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्