कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई केन्द्रीय बैंकको विशेष राहत

 न्यूज विराट
कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई केन्द्रीय बैंकको विशेष राहत

काठमाडौं, १२ साउन-नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई विशेष राहतसहितको साँवा र व्याज तिर्ने अवधि थप गरेको छ । सरकारले गत चैत ११ गतेदेखि देशव्यापीरुपमा लकडाउन गरेको थियो । लकडाउनका कारण विशेष गरी अतिप्रभावित उद्योग व्यवसायका रुपमा परिभाषित गर्दै थप हर्जना वा कुनै थप शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले न्यून प्रभावित, मध्यम र अतिप्रभावित गरी विभिन्न क्षेत्रसमेत वर्गीकरण गरेको छ । केन्द्रीय बैंकले आज जारी गरेको एकीकृत निर्देशिका अनुसार न्यून प्रभावितलाई ६ महिना, मध्यमखालका प्रभावितलाई ९ महिना र अतिप्रभावितलाई आगामी १ वर्षसम्म ऋण तथा साँवा भुक्तानी गर्ने अवधि थप गरिदिएको छ । सो अवधिमा ऋणीबाट बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको थप शुल्क, हर्जना लिनसमेत पाउने छैनन् ।

केन्द्रीय बैंकले ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पालाई अतिप्रभावित क्षेत्रमा राखेको छ । यस्तै होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होमस्टे, रिसोर्ट, तथा रेस्टुराँ, पर्यावरणीय पर्यटन र वन्यजन्तु आरक्ष पनि अतिप्रभावितमा रहेका छन् । त्यस्तै साहसिक पर्यटनअन्तर्गतका स्किइङ, ग्लाइडिङ, वाटर र्‍यीफ्टिङ, हट एयर व्यालुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बञ्जीजम्पिङ, हिमाल आरोहरण र अवलोकनलगायत पनि अतिप्रभावितमा रहेका छन् ।

यसैगरी गल्फ कोर्स, पोलो, पोनी टे«किङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केबलकार, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, वितरण, सिनेमा हल, रोजगारी गुमेका वा समस्यामा परेका श्रमिक, कामदार वा कर्मचारी पनि अतिप्रभावित वर्गमा परेका छन् ।

बैंकका अनुसार मूलभूतरुपमा सडेर गलेर जाने तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दूधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्रीवितरण, कुखुरापालन व्यवसाय, पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय, तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवाप्रदायकलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।

राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई अतिप्रभावित क्षेत्रका रुपमा चित्रण गर्दै सो क्षेत्रमा प्रवाहित कर्जाको किस्ता र व्याजलाई २०७८ असार मसान्तसम्म समय सारिदिएको छ । त्यसमा पनि बैंकले चाहेको खण्डमा आफ्ना ऋणीको अवस्था हेरेर थप २ वर्ष समय थप गर्न पनि सक्नेछन् । त्यस्तै २०७७ असार मसान्तसम्मको भुक्तानी हुन बाँकी साँवा र ब्याज रकमलाई भुक्तानी अवधि थप भएको समयावधिभित्र समानुपातिकरुपमा ४  किस्तामा ऋण असुल गर्नसक्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार मध्यम प्रभावित क्षेत्रमा खप्ने सामान जस्तै प्लास्टिक, फलाम/स्टिल, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसायलाई तोकिएको छ । निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर, यात्रुवाहक स्थल यातायात पनि सोही वर्गमा परेका छन् । एकीकृत निर्देशिका अनुसार ब्युटीपार्लर, सैलुन, कस्मेटिक सर्जरीलगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप, कानूनी, लेखा, इञ्जिनीयरिङलगायतका परामर्श सेवा वा व्यवसाय पनि मध्यम वर्गमा परेका छन् ।

अस्पताल, क्लिनिक, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर हेल्थ सेन्टर वा फिट्नेस सेन्टर, वन तथा खनिजजन्य उद्योग, निर्माण व्यवसाय, औषधि उत्पादन मध्यम वर्गमा परेको छ । निर्माणाधीन जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पत्थर, माटो तथा सिसाका उत्पादनसम्बन्धी व्यवसाय पनि कोरोनाका कारण प्रभावित भएकाको सूचीमा मध्यम वर्गमा परेको छ ।

यस्तै न्यून प्रभावित क्षेत्रमा उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत् आयोजना, अनलाइन कारोवारमा संलग्न व्यवसाय, खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेयपदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय परेका छन् । – रासस

सम्बन्धित समाचार

रंगेली नगरपालिकाका मेयर बगडीयालाई कोरोना संक्रमण

विराटनगर, १०-कात्तिकमोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान मेयर बगडीयालाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनाले विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गराएका थिए...

५ वर्षमा भूकम्प प्रतिरोधी कैयौँ संरचना बनाउन सफल भएका छौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा...

मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगरमा शनिबार अडिसन हुने

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको अडिसन विराटनगरमा शनिबार हुने भएको छ ।बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो । प्रतियोगितामा...

दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना

काठमाडौं, ३१ जेठ-दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् । जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन्  । कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले कोरोना...

फेरि थपिए २ जना कोरोना भाइरस संक्रमित

काठमाडौं, ३ जेठ-२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका २ जना संक्रमितमा महोत्तरीका ५२ वर्षीष पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी...

छुरा प्रहार गर्ने ३ जना पक्राउ

विराटनगर, माघ २८साथीबीच भएको विवादपछि छुरा प्रहार गर्ने धरानका तीन जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । धरान–२० स्थित एन्जल मार्गमा धरान–१६ निवासी सुजन मगरलाई छुरा प्रहार गर्ने विकास साह, इश्वर राई र सागर खड्कालाई...

राष्ट्रिय सभा सदस्य चुनावका लागि मतदान केन्द्र निर्धारण

काठमाडौं, पुस २ । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश-१ मा दुई र अन्य ६ वटा प्रदेशमा एक/एक वटा मतदान केन्द्रभित्र दुई/दुई वटा...

राजवंशी (विराट) लाई १२८ औं जातिजातिमा सूचिकृत गरिने–मन्त्री ढकाल

विराटनगर,६ फागुन । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट)लाई १२८ औ जातजातिमा सूचिकृत गर्ने बताएका छन् । राजवंशी समाज उत्थान समिति(विराट)केन्दीय कार्यालयद्वारा आज यहाँ आयोजित १४ औं वृहत भेलामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्