राशिफल

राष्ट्रिय सभा सदस्य चुनावका लागि मतदान केन्द्र निर्धारण

 न्यूज विराट
राष्ट्रिय सभा सदस्य चुनावका लागि मतदान केन्द्र निर्धारण

काठमाडौं, पुस २ । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ ।

प्रदेश-१ मा दुई र अन्य ६ वटा प्रदेशमा एक/एक वटा मतदान केन्द्रभित्र दुई/दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभा सदस्यहरु ४३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४ सय ९३ गरी कुल २०२५ जना मतदाता छन् ।

प्रदेश-१ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरको प्रदेश निर्वाचन कार्यालय र प्रदेश सभा सदस्यहरुका लागि बाली संरक्षण प्रयोगशाला मतदान स्थल तोकिएको छ ।

त्यस्तै प्रदेश-२ का लागि महेन्द्र नारायण निधि भवन, वाग्मती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल रहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा चुनावका लागि राजनीतिक दलले यही १० गतेसम्म दल दर्ता गर्न सक्ने छन् । आउँदो फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि माघ १२ गते चुनाव हुँदैछ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...