छुरा प्रहार गर्ने ३ जना पक्राउ

 न्यूज विराट
छुरा प्रहार गर्ने ३ जना पक्राउ

विराटनगर, माघ २८साथीबीच भएको विवादपछि छुरा प्रहार गर्ने धरानका तीन जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । धरान–२० स्थित एन्जल मार्गमा धरान–१६ निवासी सुजन मगरलाई छुरा प्रहार गर्ने विकास साह, इश्वर राई र सागर खड्कालाई धरान प्रहरीले पक्राउ गरेको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका मगरको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भइरहेको छ । शनिबार दिउँसो सुजन र उनीहरुबीच सामान्य विवाद भएको थियो । तर सोही साँझ उनीहरुले सुजनलाई ज्यान मार्ने उद्देश्यले छुरा प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ ।

सुजनको परिवारले दिएको जाहेरीपछि प्रहरीले उनीहरुलाई खोजी गरी सोमबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले बताए ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College