प्रस्तावित रतुवामाई जेसीसले सुरु गर्यो ‘हरित नगरी’ अभियान

 न्यूज विराट
प्रस्तावित रतुवामाई जेसीसले सुरु गर्यो ‘हरित नगरी’ अभियान

विराटनगर, साउन ९–सामाजिक क्षेत्रमा कृयाशिल रतुवामाई जेसिसले मोरङको रतुवामाई नगरपालिकामा ‘हरित नगरी’ अभियान सुरु गरेको छ । प्रस्तावित रतुवामाई जेसिसले ‘किप क्लिन एण्ड ग्रिन रतुवामाई’ भन्ने मुल नाराका साथ नगर क्षेत्रका किसानलाई बृक्षारोपणका लागि विभिन्न प्रजातीका विरुवा वितरण गर्दै सो अभियानको सुरुवात गरेको हो ।

जेसीसले एक कार्यक्रमकाबिच बृषकहरुलाई विरुवा वितरण गर्दै नगरलाई सफा र हराभरा बनाउने अभियान सुरु गरेको प्रस्तावित रतुवामाई जेसिसका अध्यक्ष निलम खड्काले जानकारी दिए ।

जेसिसकै अगुवाईमा नगरका विभिन्न सार्बजनिक स्थानमा बृक्षारोपणसमेत सुरु गरिएको छ । जेसिसले प्रारम्भिक चरणमा रतुवामाईका नगरपालिकाका झुर्किया, केशरबाडी, सौठा, दाम्राभिट्टा लगायतका ठाँउमा वृक्षारोपण गर्नुका साथै सर्वसाधरणलाई दुई हजार विरुवा वितरण गरेको छ ।

रुद्राक्ष, टिक, अमला, कपुर, निम लगायत विभिन्न प्रजातिका गरी दुई हजार विरुवा रोप्नुका साथै वितरण गरिएको प्रस्तावित रतुवामाई जेसीसका खड्काले जानकारी दिए ।

रतुवामाई नगरपालिकालाई हरियाली नगरका रुपमा विकास गर्न विरुवा वितरण गरिएको अध्यक्ष खड्काले बताए । बजार क्षेत्रमा पर्ने सडकको सौन्दर्यताका लागि वृक्षारोपण गरिएको र नगरलाई सुन्दर बनाउने सबैको दायित्व रहेको उनले बताए । सफा, शुन्दर र हराभरा रतुवामाई बनाउने उदेश्यसहित अभियान सुरु गरिएको अध्यक्ष खड्काले बताए ।

उनले बृक्षारोपण मात्र नभई त्यसलाई हुर्काउन संरक्षणसमेत गर्ने गरि सो अभियान निरन्तर जारी रहने जानकारी दिए । उनले आगामी दिनमा मासिक रुपमा बजार क्षेत्रमा सरसफाई, जनचेतनामुलक कार्यक्रम, भ्रष्टाचार विरोधि अभियान र प्रत्येक महिना युवाहरुको क्षमता विकासका लागि प्रशिक्षण कार्यक्रमलगायतका गतिविधि सञ्चालन गर्ने जानकारी दिए ।

प्रस्तावित रतुवामाई जेसिले नगरक्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित समाचार

हत्या आरोपमा २ जना पक्राउ

विराटनगर, १७ जेठ-सुनसरी बारहक्षेत्र–३ बाङगे बस्ने ३७ वर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ वर्षीय गणेश लिम्बू र सोही स्थानका १९ वर्षीय प्रदीप राजधामी रहेका...

खेलकुद क्षेत्रको विकासमा जोड

विराटनगर । खेलकुद क्षेत्रको विकासमा तीन तहको सरकारले लगानी गरिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।विराटनगरमा रहेको मिल्स गोल्डकप फुटबल ट्रस्टको शनिबार भएको तेस्रो साधारण सभामा सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न, मञ्जु अग्रवालले सम्हालिन जिम्मेवारी

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा आयोजित भव्य समारोहकाबिच वर्ष २०२४–२५ का पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सो अवसरमा वर्ष २०२३–२४ का पदाधिकारीहरुले वर्ष २०२४–२५ की प्रेसिडेन्ट...

चितवनमा ५३७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

चितवनका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ सङ्क्रमित भएका छन् । सरकारी, निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन् । हालसम्म सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४४...

मल कारखानाको सम्भाव्यता अध्ययनका लागि तीन सदस्य समिति गठन

काठमाडौं, २७ कात्तिक-सरकारले नेपालमा रसायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्य समिति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको प्रस्तावमा स्वेदशमा मल कारखाना खोल्ने सम्बन्धमा अर्थमन्त्रीको नेतृत्वमा उद्योगमन्त्री र कृषि मन्त्रीसहितको तीन सदस्यीय...

प्रदेश १ मा शंकास्पद १० हजार बढीको परीक्षण गर्ने तयारी

विराटनगर, जेठ १–प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद १० हजार बढीको परीक्षण गरिने भएको छ । १४ वटै जिल्लाका १० हजार बढीको परीक्षण गर्नका लागि मन्त्रालयले तयारी सुरु गरेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान...

नावुनको वार्षिक उत्सवमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क आँखा शिविर, ४२ जनाको परीक्षण

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) को १५ औँ वार्षिक उत्सवको अवसर पारेर विराटनगरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रम निःशुल्क...

डब्लुएचओलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

एजेन्सी, जेठ ६-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सो रकम दुई वर्षभरीमा कोरोना भाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सी जिनपिङले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्