राशिफल

चितवनमा ५३७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

 न्यूज विराट
चितवनमा ५३७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

चितवनका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ सङ्क्रमित भएका छन् ।

सरकारी, निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन् । हालसम्म सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।

चितवन मेडिकल कलेजमा ११४ जना, भरतपुर अस्पतालमा ८३ जना, अन्य निजी अस्पतालमा ६२ जना, कलेज अफ मेडिकल साइन्सेसमा ३४ जनामा सङ्क्रमित पुष्टि भएको तिवारीले जानकारी दिए । पालिकाको स्वास्थ्य शाखाअन्तर्गत कार्यरत भरतपुर महानगरमा २८ जना, रत्ननगर नगरपालिकामा १५ जना, राप्ती नगरपालिकामा १८ जना, खैरहनी नगरपालिकामा १८ जना, कालिका नगरपालिकामा ८ जना र इच्छाकामना गाउँपालिकामामा ९ जनामा सङ्क्रमण भएको छ । माडी नगरपालिकाको भने हालसम्म विवरण आइनसकेको तिवारीले बताए ।

स्वास्थ्य कार्यालयमा कार्यरत चार जनामा सङ्क्रमण पुष्टि भएको छ । तिवारीका अनुसार हालसम्म जिल्लामा स्वास्थ्य सेवा बन्द हुने गरी प्रभावित भएको छैन । आलोपालो गरेर स्वास्थ्य सेवा सञ्चालन भइरहेको उनको भनाइ छ । आइसोलेसनमा रहेको सात दिनमै काममा फर्किने हुँदा ठूलो समस्या नहुने अपेक्षा गरिएको तिवारीले बताए ।

हालसम्म भरतपुर अस्पतालले जिओपिडी र नियमित शल्यक्रिया सेवालाई स्थगित गरेको छ भने अन्य कुनै स्वास्थ्य संस्थाका नियमित सेवा प्रभावित बनेका छैनन् । सङ्क्रमितको सङ्ख्या धेरै भए पनि अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून रहेका कारण जनशक्तिको अभाव नभएको तिवारी बताउँछन् ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...