मंसिरमा महाधिवशन हुँदैन, चैतको तयारीमा जुटौँ : प्रवक्ता श्रेष्ठ   

 न्यूज विराट
मंसिरमा महाधिवशन हुँदैन, चैतको तयारीमा जुटौँ : प्रवक्ता श्रेष्ठ   

काठमाडौं, ७ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भित्रको विवाद र संक्रमणकालको अन्त्य गर्न सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले चैतको महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अर्लि महाधिवेशन’ भन्दै मंसिरमा गर्ने भनिए पनि सो सम्भव नहुने भन्दै प्रवक्ता श्रेष्ठले केन्द्रीय समितिले निर्णय गरे बमोजिम चैत मसान्तसम्म महाधिवेशनको तयारी गर्नुपर्ने बताएका हुन् ।

‘साउन/भदौ बर्षयाम भयो, असोज/कात्तिक चाडपर्वको मौसम छ, मंसिरमा छठ छ । त्यसकारण जति नै जेट बिमानको यात्रा गरे पनि मंसिरमा महाधिवेशन हुन सक्दैन,’ श्रेष्ठले भने, ‘केन्द्रीय कमिटी बैठकले पनि चैतमा महाधिवेशन गर्ने भनेको छ । त्यसैमा केन्द्रित भएर महाधिवेशनको कार्यतालिका बनाउनुपर्छ ।’

उनका अनुसार केन्द्रीय समितिले गरेको निर्णय भएकाले चैतमा महाधिवेशन गर्नुको विकल्प नेकपासँग छैन । प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने पर्ने प्रस्ताव औपचारिकरूपमा स्थायी कमिटीमा नआएकाले आधिकारिक एजेण्डा भने बन्न नसक्ने उनको भनाई छ ।

‘प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने विषय स्थायी कमिटीको आधिकारिक एजेण्डा भने होइन, केही नेताहरूले बोल्नु भएको मात्रै हो,’ श्रेष्ठले अगाडि भने, ‘सरकारको काम कारवाही र समीक्षा गर्दा त्यो विषयले प्रवेश पाऊन सक्छ । तर, उहाँहरूले यसअघि बोलेकाले फिर्ता नलिएसम्म नेताहरूको व्यक्तिगत एजेण्डा भने रहने देखिन्छ ।’  नेकपाका लागि राजीनामा र आलोचना, वादविवादभन्दा पनि पार्टी एकताको रक्षा प्राथमिकतामा राख्नु पर्ने प्रवक्ता श्रेष्ठको भनाई छ ।

‘पार्टी एकताको रक्षा यति बेलाको हाम्रो बटमलाईन हो । यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डता, लोकतन्त्रको रक्षा एवं विस्तार, समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण हो,’ श्रेष्ठले भने, ‘तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ ।’

उनका अनुसार महाधिवेशन तयारीका लागि एकताका बाँकी कार्यभार पूरा गर्ने, सदस्यता टुंगोमा पुर्‍याउने, गाउँदेखि प्रदेशसम्म अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिकामा तत्कालै गृहकार्य सुरु गर्नुपर्ने उनको धारणा बाहिर आएको छ ।

सम्बन्धित समाचार

पक्राउ पछि पूर्वमन्त्री अधिकारीले भने, ‘अनुसन्धानलाई सहयोग गर्छु ’

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।आइबार निवासबाटै प्रहरीको नियन्त्रणमा परेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘म अनुसन्धानलाई सहयोग पु–याउन हिँडे । अनुसन्धानलाई सहयोग पुर्याउनु...

१२ कक्षाको छुट परीक्षा १६ पुसदेखि

काठमाडौं, १३ पुस- कक्षा १२ को छुटेका परीक्षार्थीको परीक्षा १६ पुसदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस कोभिड–१९ का कारण परीक्षा दिन छुटेका परीक्षार्थीका लागि १६ पुसदेखि परीक्षा गर्ने निर्णय गरेको हो...

भारतमा २९ हजार ६ सय संक्रमित थपिए, २९० जनाकाे मृत्यु

एजेन्सी, ९ भदौ । भारतमा पछिल्लाे २४ घण्टामा २९ हजार ६१६ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा २८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । यस्तै २४ घण्टाकाे अवधिमा २९० जनाकाे काेराेना संक्रमणका कारण...

आरती स्ट्रिप्सका थप २१ कर्मचारीमा कोरोना संक्रमण

विराटनगर, साउन ३०-मोरङको बुढीगंगा गाउँपालिका-१ मा रहेको आरती स्ट्रिप्स प्रालिमा थप २१ कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमा  बिहीबार कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको बुढीगंगा...

यस्तो देखियो विराटनगरको छठ (फोटो फिचर )

विराटनगर । विराटनगरमा छठ पर्व मनाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो । सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको विराटनगरमा रौनक छाएको छ । आज साँझ अस्ताउँदो सूर्यको पूजा...

लकडाउनविरुद्ध बन्दुकसहित प्रदर्शन, समर्थनमा ट्रम्पको ट्विट

एजेन्सी, बैशाख ६-अमेरिकाका विभिन्न राज्यहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले लकडाउनको विरोधमा बन्दुकसहित प्रदर्शन गरेका छन् । विशेषगरी डेमोक्रेट पार्टीको शासन रहेका राज्यहरुमा ट्रम्प पक्षधरले प्रदर्शन गरेका छन् । यो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन...

गभर्नर अधिकारीलाई एमालेले भन्यो– एम अधिकारी तपाईं होइन

नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी नाम गरिएका व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको जनाएको छ । एमालेको प्रचार विभागमा एम अधिकारी पनि सदस्य भएपछि ती व्यक्ति गभर्नर...

जीवन विकासद्वारा इन्क्युबेसन सेन्टर स्थापना

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले धनपालथान गाउँपालिका– ३ को धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरुप कुखुराको चल्ला प्रदान गरेको छ । बालबालिकालाई उद्यमशीलता सिकाउने उदेश्यसहित इन्क्युबेसन सेन्टर कार्यक्रम अन्तरगत २०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्