नेपाली भूमि डुबानका विषयमा नेपालले भारतसँग वार्ता गर्ने

 न्यूज विराट
नेपाली भूमि डुबानका विषयमा नेपालले भारतसँग वार्ता गर्ने

काठमाडौं, २ साउन-नेपालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन (अनन्त)ले शुक्रबार मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी उक्त निर्देशन दिएका हुन् ।

मन्त्री पुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि ‘बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसीआइएफएम) को बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग वार्ता गर्न निर्देशन दिए । दुवै देशका सह–सचिव रहने उक्त समितिको नेतृत्व नेपालका तर्फबाट सिंचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नेछन् ।

‘बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ’, मन्त्री पुनले भने, ‘समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआइएफएमको बैठक डाक्नुस् ।’ मन्त्री पुनले वर्षातको समयमा बाढीपहिरोको उच्च जोखिम हुने भएकाले पूर्वानुमानका साथै सम्भावित विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिए ।

सम्बन्धित समाचार

महिला क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा मोरङले सिरहालाई ५ विकेटले...

लक डाउनलाई थप कडाईका साथ कार्यान्वयन गर्दै प्रदेश सरकार

विराटनगर, चैत २८–प्रदेश नं. १ मा सरकारले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला तथा जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने भएको छ । शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन र...

आगलागी पीडितलाई युवा संघ रतुवामाईको सहयोग

विराटनगर, ५ फागुन । मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका आगलागीबाट पीडीत परिवारलाई युवा संघ रतुवामाई नगर कमिटीले सहयोग गरेको छ । मंगलबार राति साढे सात बजेतिर स्थानीय नुर महम्मदको घरमा आगलागी भएको थियो । आगलागीबाट पीडीत...

एसइइ रनिङ्ग शिल्ड प्रतियोगिता : मोरङ र सुनसरीका पाँच स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सुनसरी र मोरङका पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा बुधबार भएको खेलमा...

लायन्स क्लबद्धारा स्थापना गरिएको आइसोलेसन केन्द्र सञ्चालनमा

विराटनगर, २३ असोज–विराटनगरमा संस्थागत रुपमा निर्माण भएको कोभिड १९ आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । लायन्स क्लबले विराटनगर १२ मा निर्माण गरेको ३० शैयाको आइसोलेसन केन्द्र शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका...

विराट गोल्डकप, कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइलनमा

विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा...

नेकपा स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे

काठमाडाैं, ३० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।स्थायी कमिटी सदस्य मणि थापाका अनुसार बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्नेछ । सरकारले नीति तथा कार्यक्रम ल्याउनुभन्दा २...

विराटनगरको खाद्यान्य गोदाममा प्रहरीको छापा, भन्सार छलीगरि अवैधरुपमा भण्डारण गरेको खाद्य सामाग्री बरामद

विराटनगर, २५ जेठ । विराटनगर – ११ केसलिया रोडमा श्याम सुन्दर रौनियारले संचालन गरेको खाद्यान्नको गोदाममा प्रहरीले छापा मारेको छ । मङ्गलवार दिउँसो छापा हानेर भन्सार छली गरेको खाद्यान्नको सामाग्री बरामद गरेको हो । हिजो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्