नेकपा विवाद अर्को नाटकीय मोडमा 

 न्यूज विराट
नेकपा विवाद अर्को नाटकीय मोडमा 

काठमाडौं, २ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि चर्किएको विवाद नाटकीय मोडमा पुगेको छ ।

एकले अर्कालाई निषेध गर्ने अवस्थामा पुगेका नेताहरू क्रमश नरम हुँदै सहमतिका लागि छलफल र वार्तामा बस्न थालेका छन् । पटकपटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पुनः स्थगित गरेर भोलि बिहानका लागि सचिवालय बैठक बोलाइएको छ । स्थायी कमिटी बैठक भने ४ साउनमा मात्रै बस्नेछ ।

प्रचण्ड र नेपालले ओलीले एक पदबाट मात्रै राजीनामा दिए पुग्ने नयाँ सर्त बिहीबारको बैठकमा राखेपछि नेकपाभित्रको विवाद अर्को नाटकीय मोडमा पुगेको प्रचण्डनिकट एक नेताले बताए ।

उनका अनुसार यो सर्तमा ओलीले स्पष्ट जवाफ दिइसकेका छैनन् । तर प्रचण्ड र नेपाल भने वर्तमान संकटको एक मात्र निकास ओलीको एकपदबाट राजीनामा हो भन्ने निष्कर्षमा पुगेका छन् ।

ओलीले तत्काल दुवै पदबाट राजीनामा सम्भव नभए पनि केन्द्रीय किमटी बैठकसम्म पुग्दा विचार गर्न सक्ने संकेत गरेका कारण आजका लागि दुई पटक तय भएका बैठक ४ साउनसम्म सरेको हो ।

यसबीचमा सचिवालयका नेतालाई समेत विश्वाससमा लिएर स्थायी कमिटीमा नरम रूपमा प्रस्तुत हुने, सो बैठकबाट केन्द्रीय कमिटी बैठक तय गर्ने र सोही बैठकबाट ओलीका दुई पदसहित शीर्ष नेताबीचको तिक्तताको हल खोज्ने अवस्थासम्म नेताहरू पुगेका छन् ।

सम्बन्धित समाचार

भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, २६ माघ । विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा हुने भएको छ । भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो । तर, २९...

दक्षिण कोरियामा कोरोना संक्रमित बढे

एजेन्सी, साउन २०-दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरूको संख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको जनाइएको छ । योसँगै यहाँ मंगलबारसम्म कोरोनाका संक्रमितहरूको संख्या १४ हजार...

पछिल्लो २४ घन्टामा १ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि

काठमाडौं,  १ मंसिर-पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा १ हजार १ सय ९७ जना...

तीन महिनामा प्रदेश १ मा १७७ वटा मानव अधिकार हनन् का घटना

विराटनगर, ३ असोज । प्रदेश–१ मा तीन महिनाको अवधिमा १ सय ७७ वटा मानवअधिकार हनन्का घटना भएका छन् । राटनगरमा सार्वजनिक गरेको तथ्यांक अनुसार तीन महिनाको अवधिमा सबैभन्दा बढी महिला अधिकार र बालअधिकार हननका घटना...

राजनीतिक अस्थिरताले कोशी प्रदेशमा संघीयताप्रति वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशबासीमा संघीयताप्रति वितृष्णा पैदा भएको बताएका छन् । संविधान दिवसका अवसरमा आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले...

एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने पोखरीया स्कुलका विद्यार्थीलाई महानगरको सम्मान

विराटनगर । एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको छ । विराटनगर महानगरपालिकाले हालै प्रकाशित भएको एइइको नतिजामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई बिहीबार सम्मान गरेको हो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई...

जापानबाट २ नेपाली र जापनी राजदूत ल्याएर फर्कियो नेपाल एयरलाइन्स

काठमाडौं, ३ जेठ-नेपाल एयरलाइन्सले जापानामा रहेका २ जना नेपाललाई सशर्त नेपाल ल्याएको छ । शुक्रबार जापानको लागि उडान गरेको नेपाल एयरलाइन्सले शनिबार २ नेपालीसहित नेपालका लागि जापानाका राजदूतलाई बोकेर फर्किएको अध्यागमन विभागले जनाएको छ ।...

कोरोनाको कहरः टर्कीका गृहमन्त्रीले दिए राजीनामा

एजेन्सी, बैशाख १-टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गराउन असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमान राष्ट्रपति रिसेप तैयप एर्दोआनका निकट सहयोगी मानिन्छन् । टर्कीले सबै ३१ सहरमा लकडाउन घोषणा गरेको थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्