भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक

 न्यूज विराट
भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, २६ माघ । विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा हुने भएको छ । भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो ।

तर, २९  माघका लागि तय भएको परीक्षा कोरोना महामारीका कारण स्थतित भएकोमा भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेको छ ।

जसअनुसार २८ फागुन दिउँसो २ बजे लिखित परीक्षा तय भएको छ । तर परीक्षा केन्द्र निर्धारण भइसकेको छैन ।

भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेको थियो ।  पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा हाल्दा लामो समयसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।

भन्सार एजेन्टले विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् । एजेन्ट लाइसेन्सका लागि मौखिक र लिखित हुने छ ।

भन्सार विभागले २०५६ सालमा भन्सार एजेन्ट परीक्षा प्रक्रियाबाट छनोट गरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो संख्या अहिले घट्दै गएर १७० जनामा सीमित भएको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट काठमाडौंका छसहित १५ को मृत्यु, २ सय ७० जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २१ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १५ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पाँच महिला र १० पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।...

विराटनगरका थप एक संक्रमित पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु

विराटनगर, १४ वैशाख । कोरोना संक्रमणका कारण विराटनगरका थप एक पुरुषको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार राति साढे ९ बजे विराटनगर–१५ का ५६ वर्षीय पुरुषको मृत्यु भएको...

आज देशभरको मौसम सफा रहने

काठमाडौं, २३ कार्तिक । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले आज देशभरी कै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो...

लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...

प्रदेश १ को प्रदेशसभा बैठकः तुइन काट्ने भारतीय एसएसवीलाई कारवाही गर्न सांसदको माग

विराटनगर, २४ साउन । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटेर ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा भारत सरकार सँग कुरा गरि कारवाही गर्न प्रदेश १ का सांसदले माग गरेका...

देशभर २४ घण्टामा थपिए ६ सय ३८ संक्रमित

काठमाडौं, २७ साउन-देशभर गत २४ घण्टाको अवधिमा ६ सय ३८ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

विद्युतिय व्यवसायी महासंघको महासचिबमा गोपाल अग्रवाल

विराटनगर । नेपाल विद्युतिय व्यवसायी महासंघका महासचिब गोपाल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न १३औं साधारण सभा तथा ५औं अधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा महासचिवमा निर्वाचित भएका हुन् ।अग्रवाल विराटनगरका यूवा व्यवसायी...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विद्यार्थीलाई छाता वितरण

विराटनगर, २६ साउन। शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई छाता वितरण गरेको छ । गर्मी र वर्षाका कारण विद्यालय जानबाट वञ्चित विद्यार्थीहरुलाई क्लबले छाता वितरण गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्