पछिल्लो २४ घन्टामा १ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि - News Birat

पछिल्लो २४ घन्टामा १ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि

न्यूज विराट
काठमाडौं,  १ मंसिर-पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा १ हजार १ सय ९७ जना संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । 

हालसम्म १ हजार २ सय ३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ९ सय ४३ जना क्रमणमुक्त भएका हुन् । हाल देशभर ३३ हजार ३ सय ७९ सक्रिय संक्रमित छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles