अनलाइनको गुणस्तर मापनका लागि छलफल आवश्यक

 न्यूज विराट
अनलाइनको गुणस्तर मापनका लागि छलफल आवश्यक

काठमाडौं, २९ असार-अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले अनलाईन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन् । 

अहिले प्रतिदिन एकवटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो विषयमा छलफल आवश्यक रहेको बताए ।

सूचना तथा प्रशारण विभागले प्रकाशन गरेको पुस्तकहरु सार्वजनिकीकररण कार्यक्रममा बोल्दै अर्थमन्त्री समेत रहेका खतिवडाले गुणस्तरीय विषयवस्तुका लागि छलफल आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘एक दिनमा एउटा अनलाईन दर्ता हुने रहेछ यसरी कसरी होला ? कति अनलाईन चाहिने हो हामीलाई ? दिनमा एउटा अनलाईन चाहिने हो की ? क्वालिटीमा जाने हो ? विषयवस्तुको अलिकति गहिराई र चौडाईमा जाने हो की संख्या मात्रै बढाउने हो ? यसमा पनि छलफल गरेर अगाड बढ्नुपर्छ ।’

खतिवडाले कोरोना संक्रमणका कारण सञ्चारमाध्यमहरुमा परेको प्रभावको विषयमा अध्ययन भइरहेको र सरकारले सक्दो सहयोग गर्ने बताए । बैंकहरुबाट ऋण लिएर काम गरिरहेका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको सुविधा पाउने व्यवस्था गरिने उनले बताए ।

सम्बन्धित समाचार

पूर्व स्वास्थ्य मन्त्री निर्मला लिम्बु अशोक राईको पार्टीमा गइन

विराटनगर । कोशी प्रदेशकी पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बु अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छिन् ।कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मलाले समाजवादी पार्टी रोजेकी हुन् ।जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट...

मोरङको धनपालथानमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय गाउँपालिका कमिटी गठन

विराटनगर, ११ पुस । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाज मोरङले जिल्लाका सवै १७ वटै स्थानीयतहमा संगठन सुदृढिकरण अभियान तीब्र बनाएको...

फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा

फिदिम, पुस ८–पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि बढेको छ । फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा...

३ सय आइसोलेसन बेड थप गर्ने प्रदेश २ सरकारको निर्णय

जनकपुर, ७ जेठ-प्रदेश २ मा कोरोना संक्रमितको चाप बढ्न थालेपछि प्रदेश सरकारले ३ सय ५ को आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय...

श्रमिकको जीवनस्तर सुधार्न ल्याएको सामाजिक सुरक्षा कोष कार्यान्वयनमा जोड

विराटनगर । श्रमिकको जीवनस्तर सुधार्न ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यानवयन गरेर अगाडी बढाउनुपर्ने सरोकारवालहरूले जोड दिएका छन् । उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवनस्तरमा सुधार हुने...

९२ वर्षको उमेरमा कोरोना जितेर घर फर्किँदा

एजेन्सी, बैशाख २७-तस्वीरमा देखिएका व्यक्ति ९२ वर्षीय भवानी शर्मा हुन् । भारत जयपुरका उनले कोरोनामाथि विजय प्राप्त मात्र गरेका छैनन्, जिन्दगीको सबैभन्दा सुन्दर चित्र पनि देखाएका छन् । २८ अप्रिलमा कोरोना संक्रमणबाट पूरै मुक्त भई...

काेराेना उपचारपछि घर फर्किएका युवक पुनः अस्पताल भर्ना

जनकपुर, २१ वैशाख-साता दिनअघि कोरोना संक्रमण मुक्त भएको भन्दै घर फर्काएका रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय युवक पुनः नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप...

बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु

विराटनगर, १२ असार । उदयपुर ताप्लि २ घर भई हाल लिमचुङबुङ ३ दोबाटे स्थित बस्दै आएका २५ बर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो १ बजे भैसी चराउन गएका परियारको सोही...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्