पूर्व स्वास्थ्य मन्त्री निर्मला लिम्बु अशोक राईको पार्टीमा गइन

 न्यूज विराट
पूर्व स्वास्थ्य मन्त्री निर्मला लिम्बु अशोक राईको पार्टीमा गइन

विराटनगर । कोशी प्रदेशकी पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बु अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छिन् ।
कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मलाले समाजवादी पार्टी रोजेकी हुन् ।
जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको थियो । मंगलबार लिम्बुले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकी हुन् ।
लिम्बुले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन् । कोशी प्रदेशसभामा जसपा नेपालबाट लिम्बु एकमात्र सांसद थिइन् । उनले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्वको पार्टीको कोशी प्रदेशसभामा कुनै सांसद बाँकी छैनन् । उनी कोशी प्रदेशको दुई पटक स्वास्थ्य मन्त्री भएकी थिइन् ।

२०७९ पुस २५ गते पहिलो पटक स्वास्थ्य मन्त्री भएकी थिइन् । त्यसबेला हिक्मत कार्कीको नेतृत्वमा सरकार भएको बेला लिम्बु स्वास्थ्य मन्त्री भएकी थिइन् । त्यसपछि २०८० साउन २६ गते दोस्रो पटक स्वास्थ्य मन्त्री भएकी थिइन । दोस्रो पटक उद्धव थापाको नेतृत्वमा सरकार हुँदा उनी स्वास्थ्य मन्त्री भएकी थिइन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता हुँदै

काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची...

विराटनगरमा फेरी भेटियो शंकास्पद वस्तु

विराटनगर । विराटनगर महानगरपालिका ३ स्थित खारजीमा शंकास्पद वस्तु फेला परेको छ । यातायात कार्यालय अगाडि सडकको पूर्वपट्टि टिनको बट्टामा खतरा लेखिएको वस्तु आज दिउँसो फेला परेको हो । घटना स्थललाई सुरक्षित राखिएको र नेपाली...

आजदेखि सर्वोच्चमा गोलाप्रथाबाट इजलास तोकिँदै

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतको इजलास निर्धारण गर्दा प्रधानन्यायाधीशको एकल आजदेखि तोडिँदै छ । अब न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास पाउनेछन् । आधुनिक नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट हुन लागेको गोलाप्रथा प्रक्रियाको माग गरी सर्वोच्चका न्यायाधीशहरु एक...

इलाम बस दुर्घटनामा ३६ जना घाइते, १२ वर्षीय बालकको मृत्यु

विराटनगर । मेची राजमार्ग अन्तर्गत इलामाको रोङ गााउपालिकामा भएको बस दुर्घट्नामा परेका यात्रुको पहिचान खुलेको छ । धनुषदेखि इलामको कन्याम घुम्न आएका विद्यार्थी सवार ना ६ ख ८४२४ नम्बरको बस रोङ गााउपालिकाको किटेनी भन्ने स्थानमा...

कोशी प्रदेशका मुख्यमन्त्री पहिचावादीको अवरोधले भेडेटार जान सकेनन्

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानबादीहरुले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई धनकुटाको भेडेटार जान अवरोध गरेका छन्। बैठकमा सहभागी हुन जाने क्रममा पहिचानवादी पक्षधरले अवरोध गरेपछि उनी धनकुटा जान नपाएका हुन्। भेडेटारको...

कोरोना देखाएर तर्किने छुट भारतलाई छैन : प्रम ओली

काठमाडौं, ३१ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि भारतले अतिक्रमण गरेर सडक बनाउदै गरेकाले त्यसलाई तत्काल रोकेर वार्ता गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैकमा ओलीले नेपालको सीमा काली नदीको मुहान भएकोमा...

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, उदयपुरमा १२ र चितवनमा २ नयाँ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार थप १४ जनामा पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पुष्टि भएका  मध्ये उदयपुर जिल्लाका १२ जनामा संक्रमण देखिएको छ । सबै पुरुषहरू क्रमश ;...

आज विजयादशमी

काठमाडौं,  १० कात्तिक-हिन्दूहरुको महान पर्व बडादशैंको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्