विराटनगरको दक्षिणी क्षेत्र डुबानमा

 न्यूज विराट
विराटनगरको दक्षिणी क्षेत्र डुबानमा

विराटनगर, असार २८–केहिदिनयता परेको लगातारको बर्षापछि विराटनगरको दक्षिणीक्षेत्र जलमग्न भएको छ । केशलिया खोलाले धार परिर्वतनगरि बस्ती प्रवेश गरेपछि सो क्षेत्र जलमग्न भएको हो । लगाताको बर्षापछि केशलिया खोलाको जलस्तर बढ्दै गएर बस्ती प्रवेश गरेपछि विराटनगरको दक्षिणपश्चिमी वडाहरु जलमग्न भएको छ ।

विराटनगर–१२ बखरीको शिवमन्दिर टोल,सिमराही बस्ती,दरैया,मल्हनवा र ऋषिदेव टोल सहितका क्षेत्रहरु जलमग्न भएको छ । बखरीको शिवमन्दिर टोल देखी १ नम्बर प्रदेश प्रहरी कार्यालय पछाडि रहेको दरैयाबस्तीको अधिकांश घरहरुमा बाढीको पानी प्रवेश गरेको छ । त्यसक्षेत्रको सडकहरुमा समेत १ फिट देखी ३ फिटसम्म खोलाको पानी बगिरहेको छ ।

घरभित्रै बाढीको पानी प्रवेश गरेपछि कतिपय स्थानियबासी बस्तुभाउ,बालबच्चा र सरसामान सहित नगरक्षेत्रका अन्य सुरक्षित स्थानतर्फ लागेका छन भने कतिपय बासिन्दा आफ्नै घरको छतहरुमा बसेर बाढीको अवस्था नियाली रहेका छन । दरैया बस्तीका राकेश कुमार साहले घरभित्रै खोलाको बाढी प्रवेश गरेपछि आफु परिवारसहित आफ्न्तकोमा आश्रय लिएको बताए ।

घरआँगन र सडकहरुबाटै बाढीको पानी बग्न थालेपछि सर्वसाधारणलाई सामानसहित सुरक्षितस्थानमा जान समेत समस्या भइरहेको छ । आईतबार बिहान ७ बजेपछि नजिकै रहेको केशलिया खोला र फुफरी खोलाको जलस्तर बढदै गएर बाढीले बस्ती प्रवेश गरेको हो । जसका कारण खोला किनारमा बसोबास गर्दै आएका विपन्न तथा सुकुम्बासी ऋषिदेव समुदायका मानिसहरु सबभन्दा बढी प्रभावित भएका छन् ।

सो समुदायका प्रायजसो सबै घरहरुमा बाढीको पानी प्रवेश गरेको छ । स्थिति भयावह बन्दै गएपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले ऋषिदेव समुदायका ३० परिवारलाई उद्धार गरेको छ । उद्धार गरिएका परिवारहरुलाई स्थानिय बखरी आधारभुत विद्यालयमा राखिएको छ । पानीको उचित निकास नहुनु र जथाभावीरुपमा खोलाको डिल तथा किनारका माटोहरु कटान गरेर बेच्ने गरिएका कारण बर्षेनी खोलाले बस्ती प्रवेश गर्ने गरेको स्थानिय नरेश लाभले बताए ।

उता विराटनगर १२ का वडाध्यक्ष हिरालाल कामतले वडाको पश्चिमी सिमाना भएर बग्ने केशलिया र फुफरी खोलामा स्थायी तटबन्ध नगरेसम्म बाढीको समस्या समाधान नहुने दाबी गरे । तटबन्ध गर्नसके मात्र विराटनगर ११,१२ र ६ नम्बर वडालाई सुरक्षित गर्न सकिने उनको भनाई छ ।

सम्बन्धित समाचार

क्रिटिकल केयरमा काम गर्ने चिकत्कस र नर्सलाई तालिम

विराटनगर । बेसिक क्रिटिकल केयरमा काम गर्ने डाक्टर र नर्सहरूलाई तालिम दिएको छ । बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन र नेपलीज सोसाईटी फर क्रिटिकल केयर मेडिसिनले आवासीय डाक्टर मेडिकल अधिकृत तथा सघन उपचार कक्षमा कार्यरत...

प्रदेश १ बाट बिहिबार ५ जनाको नमूना संकलन

विराटनगर, चैत २०–प्रदेश नं. १ मा बिहिबार कोरोना भाईरस (कोभिड–१९) का शंकास्पद ५ जनाको नमूना संकलन गरिएको छ । ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा....

केन्याविरुद्ध लगातार दोस्रो जितको खोजीमा नेपाल

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा आज (शुक्रबार) केन्यासँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टिम केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जितको खोजीमा छ...

खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदै छः प्रधानमन्त्री

काठमाडौं, २५ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानवअधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध...

बेलबारीको रमिते डाँडा आकर्षक पर्यटकीय गन्तब्य बन्दै

विराटनगर, २१ पुस-मोरङको बेलबारी–२ लालभित्तीस्थित रमितेडाँडा आन्तरिक पर्यटनका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा अवस्थित रमितेडाँडामा वनभोज खान पुग्नेहरुको घुइँचो लाग्न थालेको छ । लालभित्ती चोकबाट करिब २...

मलेसियामा लुटपाटमा संलग्न नौ नेपालीसहित ३१ जना विदेशी कामदार पक्राउ

मलेसियामा बाढीको आपत्कालीन अवस्थामा लुटपाट गरेको आरोपमा ९ नेपालीसहित ३१ विदेशी कामदार पक्राउ परेका छन् । मलेसियाली अनलाइन द स्टारका अनुसार बेला साहआलमको तमनश्री मुडास्थित सुपरमार्केट तोडफोड गरेको र त्यसमा संलग्न रहेको आशंकामा ९ नेपालीसहित...

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले प तथा गोपनीयताको शपथ गराएका हुन् । कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा सुकुम्बासी परिवारलाई १०० वटा कम्बल वितरण

विराटनगर, ३ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न सुकुम्बासी परिवारलाई कम्बल वितरण गरेको छ । क्लबले आइतबार जाडोमा समस्यामा परेका विराटनगर वडा नं. १ स्थित सुकुम्बासी बस्तीका एक सय परिवारलाई कम्बल वितरण गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्