प्रदेश १ बाट बिहिबार ५ जनाको नमूना संकलन

 न्यूज विराट
प्रदेश १ बाट बिहिबार ५ जनाको नमूना संकलन

विराटनगर, चैत २०–प्रदेश नं. १ मा बिहिबार कोरोना भाईरस (कोभिड–१९) का शंकास्पद ५ जनाको नमूना संकलन गरिएको छ । ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।

प्रदेश नं. १ मा बिहिबारसम्म ५९ जनाको नमूना संकलन गरिएको छ । कोरोना भाईरसका शंकास्पद ४५ जना पुरुष र १४ जना महिलाको नमूना संकलन गरिएको हो । आज सम्म ४२ जनाको रिपार्ट आएको छ । रिपार्ट सवैको नेगेटिभ आएको प्रवक्ता डा. मेहताले बताए । उनका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, ते¥हथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट ५, ओखलढुङ्गाबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन भएको छ ।

आज सम्म कोरोना भाईरसका शंकास्पद १ सय ८८ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । जसमा सुनसरीबाट १ सय ६९, मोरङ, झापा र सोलखम्वुुबाट ५÷५ जना र उदयपुर र पाँचथर २÷२ जनाले नाम दर्ता गराएको डा. मेहताले बताए ।

प्रदेश नं. १ मा आज सम्म आईसोलेसनमा ११ जना भर्ना भएका छन् । भर्ना भएका मध्ये ६ जना पुरुष र ५ जना महिला रहेका छन् । सुनसरीबाट १, ओखलढुङ्गा र उदयपुरबाट २÷२ जना महिला रहेका छन् । यस्तै मोरंगबाट ४ , ताप्लेजुङ र पाँचथरका १÷१ जना पुरुष रहेका छन् । डा. प्रवक्ताका अनुसार आईसोलेसनमा रहेका ४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश नं. १ का ४३ अस्पतालले ४ सय १ आईसोलेसन वेड तयारी अवस्थामा राखेको प्रवक्ता डा. मेहताले बताए । उनका अनुसार प्रदेशभरमा ३ सय ९७ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । फिवर क्लिनिकमा आज १ हजार ९ सय ४१ जना विरामी आएको डा. मेहताले बताए । आज प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री ६ सय ७६ थान वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

मंगलबार विराटनगरमा २०१ संक्रमित थपिए

विराटनगर, ११ जेठ । मंगलबार विराटनगरमा १०९ महिला र ९२ पुरुष सहित २०१ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ५६२४ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १३०३ जना कोरोना संक्रमण...

एक परिवारलाई मासिक १ सिलिण्डर

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ...

नेपालका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर औषत : अर्थमन्त्री

काठमाडौं, १६ जेठ-अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत नेपालको औषत आर्थिक वृद्धिदर पुगेको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट विनियोजन गरेका अर्थमन्त्री खतिवडाले अर्थतन्त्र केही शिथिल भएको स्वीकार्दै...

लालबाबु पण्डितले वितरण गरे विराटनगर–६ मा राहत सामाग्री

विराटनगर, बैशाख २७–पुर्व मन्त्री तथा मोरङ क्षेत्र नं. ६ संघिय सांसद लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका वडा नं. ६ लाई राहत सामाग्री उपलब्ध गराएका छन् । सांसद पण्डितले विराटनगर वडा नं. ६...

कोभिड–१९ परीक्षण सामग्री लिन ग्वान्जाओ उड्यो नेपाल एयरलाइन्सको विमान

कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने सामग्री लिन नेपालबाट चीनतर्फ नेपाल एयरलाइन्सको विमान उडेको छ ।स्वास्थ्य मन्त्रालयको अर्डरअनुसारका सामग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज आर ४१७१ कल साइनको जहाज शनिबार दिउँसो उडेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।...

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल...

जिया र प्रश्रय भए ग्रेडेड सिंगिङ्ग स्टार

विराटनगर । जिया भगत र प्रश्रय विष्ट ग्रेडेड सिंगिङ्ग स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित गेडेड बोर्डिङ स्कुलले बिहीबार स्कुल परिसरमा आयोजना गरेको ग्र्रेडेड सिंगिङ स्टारमा कक्षा १ देखि ५ सम्म जिया र कक्षा ६...

बरिष्ठ सई राजेन्द्र कटुवाल भए भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले भदौ महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गरेको भन्दै बरिष्ठ नायव निरीक्षक राजेन्द्र कटवाल पुरस्कृत भएका छन् । मोरङ प्रहरीमा कार्यरत कटुवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुस्कृत गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्