अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागका तत्कालीन इन्जिनियरविरुद्ध मुद्दा

 न्यूज विराट
अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागका तत्कालीन इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं, २२ असार-अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैध भन्दा अवैध आय बढिरहेको पाइएको हो । आयोगका अनुसार यादव २०३६ मङ्सिर २ गते सुनसरी मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा नियुक्ति भएको र २०७४ फागुन १६ गते अवकाश भएको उल्लेख छ । आयोगका अनुसार २०७४ फागुनसम्म दुगर्म तथा स्थानीय भत्ता, कृषि आय, कर्जालगायत १ करोड २ लाख ७४ हजार ७३९ बराबरको रहेको छ ।

यादवले श्रीमती राधाकुमारी, छोरी आँचलको नाममा समेत लगानी गरेको पाइएको छ । आयोगको अनुसन्धानमा यादवको १ करोड ८५ लाख ११ हजार ७२८ बराबरको आय अवैध रहेको पाइएको छ । आयोगले आरोपी यादवको बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै, ललितपुरको कोन्ज्योसोम गाँउपालिका–५ को सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानुमैया श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उनीहरूविरुद्ध १५ लाख ५७ हजार ९८२ बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट १७ वर्षीया किशोरीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

काठमाडौं, १० साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....

एनआईसी एशियामा मुद्दती खाता खोल्दा २१ लाखको थप बीमा सुविधा

काठमाडौं, फागुन १९–एनआईसी एशिया बैंकले उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा भएको मुद्दती निक्षेप खाता सञ्चालनमा ल्याएको छ । बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाताअन्तर्गत त्यस्तो सुविधा थप गरेको हो । उच्च ब्याजदर...

सुनसरीका दुई युवाले साईकल चढेर गरे अयोध्याको यात्रा, हिन्दु स्वयंसेवकद्धारा सम्मान

विराटनगर । सुनसरी दुहबीका विश्व हिन्दु परिषद, युवा विभागका दुई युवा अभिशेख कुमार मण्डल र ओम प्रकाश विकले साइकल चढेर भारतको अयोध्याको दर्शन गरेका छन् । उनीहरुले अयोध्या दर्शनको लागि ८ दिन अगाडि दुहबीबाट साईकलमा...

रघुजीलाई अस्पतालमा भेट्दै प्रचण्डले भने : यही अवस्थामा ओलीसँग सँगै जान सकिन्न

काठमाडौं, १३ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही अवस्थामा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सँगसँगै जान नसकिने बताएका छन् । काठमाडौं मोडल अस्पतालमा उपचाररत रघुजी पन्तको स्वास्थ्य बुझ्न पुगेका प्रचण्डले अर्का...

रंगेलीमा २८ संक्रमित थपिए

विराटनगर, ३० साउन–समुदाय स्तरमै संक्रमण फैलिएको मोरङको रंगेली नगरपालिकाका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको नतिजा अनुसार सो नगरपालिकाका ९ महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको हो । आइतबार...

यस्तो छ आजको मौसम

काठमाडौं, १० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र...

विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’

विराटनगर । विराटनगरका चर्चित इएनटी सर्जन डाक्टर कैलाश कुमार श्रेष्ठसहितका तीन जना चिकित्सकहरु मिलेर ‘होप हेल्थ केयर’ संचालनमा ल्याएका छन् ।डाक्टर श्रेष्ठसहित पेट, फोक्सो, छाती, मुटु, कलेजो, थाईराइड, मृगौला, नसा, बाथ प्रेसर मधुमेह रोग विशेषज्ञ...

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो १०औँ महाधिवेशनको निमन्त्रणा दिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र नेता डा. राजन भट्टराईले पार्टीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्