काठमाडौं, १३ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही अवस्थामा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सँगसँगै जान नसकिने बताएका छन् ।
काठमाडौं मोडल अस्पतालमा उपचाररत रघुजी पन्तको स्वास्थ्य बुझ्न पुगेका प्रचण्डले अर्का ओलीबाट अहंकार र असहिष्णता प्रकट भए पनि अहिलेसम्म सहने काम भएको बताएका छन् । सचिवालय बैठक सकिएलगत्तै पन्तलाई भेट्न पुगेका उनले बैठकमा भएको तनावबारे सामान्य अवगत गराउँदै ओलीबाट सुधारको कुनै संकेत नआएको भन्दै पार्टी एकता जोगाउन कठिन रहेको बताएका थिए ।
‘हामी पाटी एकताकै पक्षामा छौं, तर ओलीजीबाट त्यसको जवाफ असहिस्नु पारामा आयो,’ प्रचण्डले पन्तसँग भने, ‘तपाई निको भएर फर्कनुस् । पाटी एकता बचाउन मिलेर काम गर्नुपर्छ ।’
पन्तले आएकोमा धन्यवाद दिँदै सुझ्बुझपूर्ण कदम चाल्न आग्रह गरेका छन् । पन्तको स्वास्थ्य बुझ्न बिहान प्रधानमन्त्री ओलीले फोन गरेका थिए । राषटपति कार्यालयबाट पनि स्वास्थ्यलाभको कामना गर्दै फोन आएको पन्तले शिलापत्रलाई बताए ।