विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’

 न्यूज विराट
विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’

विराटनगर । विराटनगरका चर्चित इएनटी सर्जन डाक्टर कैलाश कुमार श्रेष्ठसहितका तीन जना चिकित्सकहरु मिलेर ‘होप हेल्थ केयर’ संचालनमा ल्याएका छन् ।
डाक्टर श्रेष्ठसहित पेट, फोक्सो, छाती, मुटु, कलेजो, थाईराइड, मृगौला, नसा, बाथ प्रेसर मधुमेह रोग विशेषज्ञ डा. अरविन्द देव र एनएस थेसिया डा. मनोज रायले मिलेर विराटनगर – ४ बरगाछीस्थित लाइफ गार्ड हस्पिटल छेउमा ‘होप हेल्थ केयर’ संचालनमा ल्याएका हुन् ।
लाइफगार्ड हस्पिटल स्थापना गर्ने चिकित्सक डाक्टर श्रेष्ठसहित, डा. देव र राय आफ्नो सेयर निकालेर हेल्थ कियर संचालनमा ल्याएका हुन् । आधा दर्जन संचालकको सेयर सदस्य रहेको लाइफ गार्डमा आन्तरिक द्धन्द्ध भएपछि डा. श्रेष्ठसहितको अन्य चिकित्सकहरु बाहिरिएका छन् । उनीहरुले संचालनमा ल्याएको होप हेल्थ केयरमा हार्डजोनी तथा नशा रोग, स्त्री तथा प्रसूती र नवजात शिसुको उपचार हुने गरेको छ । त्यसैगरी मृगौलाको पत्थरी, मुत्रनलीको पत्थरी, प्रोस्टेड र यूरोलोजी सम्बन्धी सम्पूर्ण उपचार हुने गरेको डा. श्रेष्ठले जानकारी दिए । त्यसैगरी जनरल सर्जरी देखि नाक, कान घाटीको सम्पूर्ण उपचार हुने गरेको छ । ‘एउटै छानामूनिक सम्पूर्ण स्वास्थ्य उपचार सेवा दिने पवित्र उद्देश्यले अहिले होप हेल्थ केयर संचालनमा ल्याएका छौं,’ डा. श्रेष्ठले भने, ‘अहिले सिमित सेवाहरु रहेको छ । विस्तारै थप उपचार सेवाहरु थप हुँदै जानेछ ।’

होप हेल्थ केयरमा अत्याधुनिक उपकरणहरुबाट ल्याब परीक्षण हुने गरको म्यानिजिङ्ग डाइरेक्टर केदरनाथ साहले बताए । रगतबाट जाँच हुने सम्पूर्ण ल्याब परिक्षण अत्याधुनिक नयाँ लेटेस प्रविधिबाट हुने गरेको उनले बताए । ‘होप हेल्थ केयरबाट हुने ल्याब परीक्षणमा दक्ष प्राविधिकहरुबाट क्वालिटी कन्ट्रोल पनि हुने गरेको छ,’ उनले भने , ‘हामीले गुणस्तरीय स्वास्थ्य उपचारको लागि यसरी नयाँ लेटेस प्रविधिहरु भित्र्याएर उपचार सेवा सुरु गरेका हौं ।’ होप हेल्थ कियरमा अहिले दैनिक तीन दर्जन बढी विरामीहरुले सेवा लिने गरेका छन् ।

सम्बन्धित समाचार

रघुजीलाई अस्पतालमा भेट्दै प्रचण्डले भने : यही अवस्थामा ओलीसँग सँगै जान सकिन्न

काठमाडौं, १३ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही अवस्थामा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सँगसँगै जान नसकिने बताएका छन् । काठमाडौं मोडल अस्पतालमा उपचाररत रघुजी पन्तको स्वास्थ्य बुझ्न पुगेका प्रचण्डले अर्का...

मानव सेवा आश्रमकी पार्वतीलाई सौन्दर्यकला व्यवसायीद्वारा सम्मान

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रममा असहाय र अशक्त ज्येष्ठ नागरिकहरुको सेवा तलिन रहेकी पार्वती तिवारीलाई सम्मान गरिएको छ । सौन्दर्य कला व्यवसायी संघ विराटनगर महानगर कमिटीले पार्वतीलाई ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर...

अजय राज हस्पिटलमा विशेषज्ञ सेवा, ल्याबमा २५ प्रतिशतसम्म छुट

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विशेषज्ञ चिकित्सकहरुबाट उपचार हुने गरेको छ ।विशेषज्ञ चिकित्सकहरूबाट हस्पिटलमा आएका विरामीहरुको भरपर्दो उपचार हुने गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा दुई हप्तासम्म ल्याबमा छुट...

सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता, तीन वटा फाइकल खेल्ने एक महिला

विराटनगर । सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् ।बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल...

नेकपा स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे

काठमाडाैं, ३० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।स्थायी कमिटी सदस्य मणि थापाका अनुसार बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्नेछ । सरकारले नीति तथा कार्यक्रम ल्याउनुभन्दा २...

तेली समाजद्धारा शिक्षा समिति गठन, संयोजकमा दिपक साह

विराटनगर । तेली कल्याण समाज नेपालले शिक्षा समिति गठन गरेको छ । मोरङको कटहरी गाउँपालिका – २ स्थित गोपाल फनपार्कमा शनिबार भएकको वनभोज कार्यक्रमबाट ईडेनवर्ग कलेजका सञ्चालक सदस्य दिपक साहको संयोजकत्वमा ७ सदस्य ‘शिक्षा समिति’...

४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, २ माघ । पछिल्लो २४ घण्टामा नेपालमा ४९६१ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको कोरोना परीक्षण गरिएको...

आजदेखि प्रधानमन्त्री ओलीलाई तरल तथा नरम आहार

काठमाडौं, फागुन २२–मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आज दोस्रो दिन अपेक्षाकृत सुधार भएको शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रूपमा काम गर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्