२४ घण्टामा थपिए ४७३ जना कोरोना संक्रमित

 न्यूज विराट
२४ घण्टामा थपिए ४७३ जना कोरोना संक्रमित

काठमाडौं, १८ असार-पछिल्लो २४ घण्टाको अवधिमा थप ४७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १०९ महिला र ३ सय ६४ जना पुरुष गरी ४७३ जनामा संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । जसमध्ये १ हजार ८८३ जना महिला छन् भने १२ हजार ६३६ जना पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार देशभरका विभिन्न प्रयोगशालामा २४ घण्टाको अवधिमा ४ हजार ५३७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म २ हजार ३७ हजार ७६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या ३८ हजार १०९ रहेको छ भने १० हजार १३७ जना आइसोलेसनमा छन् ।बिहीबार थप ६६४ जनाले कोरोनाले जितेका छन् । अहिलेसम्म संक्रमणमुक्त भएर ५ हजार ३२० जना घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरमा शान्ति र्याली

विराटनगर, ११ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरमा शान्ति र्याली निकालेको छ । आज ११८औँ विश्व रोटरी दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले र्याली निकालेको हो । विश्वमा शान्ति प्रवर्द्धनका लागि डाउनटाउनले...

औषधी व्यवसायीको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम सुरू, पहिलो दिन कोशी अस्पतालमा फलफूल वितरण

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रम सुरू भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङले विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने कार्यक्रमको सुरूवात बुधबारबाट...

खाटु निशान यात्रामा सेन्ट्रल मलद्वारा जुस र पानी बितरण

विराटनगर । खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई विराटनगरमा रहेको सेन्ट्रल मलद्वारा जुस र पानी बितरण गरेको छ । होलि पर्वको अवसर पारेर विराटनगर शनिबार निस्किएको खाटु निशान यात्रामा सहभागी श्रदालु तथा भक्तजनहरुलाई सेन्ट्रल...

विराटनगरका थप एक संक्रमित पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु

विराटनगर, १४ वैशाख । कोरोना संक्रमणका कारण विराटनगरका थप एक पुरुषको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार राति साढे ९ बजे विराटनगर–१५ का ५६ वर्षीय पुरुषको मृत्यु भएको...

सेन्टर मलमा नयाँ वर्षको अफर धमाका

विराटनगर । विराटनगरस्थित सेन्टर मलले नयाँ वर्षको अवसर पारेर ‘सेन्टर मल नव वर्ष २०८१ को अफरहरुको धमाका’ सहितको छुट योजना ल्याएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि उक्त अफरहरुको धमाका योजना लिएर आएको हो...

सुर्खेत अस्पतालमा उपचाररत ३१ कोरोना संक्रमित निको भए, आज घर जाँदै 

सुर्खेत, २९ जेठ-प्रदेश अस्पताल सुर्खेतमा उपचाररत कोरोना संक्रमित ३१ जना आज (बुधबार) निको भएर घर फर्किन लागेका छन् । प्रदेशबाट विभिन्न जिल्लाका कोरोना संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बुधबार घर पठाउन लागिएको हो । अस्पतालमा...

प्रदेश १ मा बजेट अधिवेशन सुरू

विराटनगर, जेठ १४-प्रदेश १ को बजेट अधिवेशन सुरू भएको छ । आजदेखि  सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले  धारणा राखेका छन् । संसदलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा दोस्रो चरणको बृक्षारोपण

विराटनगर, १ भदौ । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि दोस्रो चरणमा पनि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथ क्लबले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्