लकडाउनमा घर फर्किएकाहरु माछा मार्न व्यस्त

 न्यूज विराट
लकडाउनमा घर फर्किएकाहरु माछा मार्न व्यस्त

खोटाङ, ६ वैशाख-लकडाउन लागू हुनुअघि तथा लागू भएपछि घर फर्किएका जिल्लाका अधिकांश युवा खोलामा गएर माछा मार्न तथा डाँडा घुम्नमा व्यस्त देखिएका छन् ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा आह्वान गरिएको लकडाउनको अवधिमा घर फर्किएका युवा भेला भएर खोलामा माछा मार्न तथा हुल बाँधेर डाँडा घुम्न जाने गरेको पाइएको हो ।

अध्ययन एवं रोजगारीको सिलसिलामा देश तथा विदेश बसेकाहरु लकडाउनका कारण गाउँ फर्किएपछि आ–आफ्नो गाउँका स्थानीय बासिन्दासँग भेला भएर माछा मार्ने, डाँडा घुम्ने र तस्विर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने अधिक देखिन थालेका छन् । जिल्लाको रावा खोला, ताप खोला, मेवा खोला, सावा खोला, तावा खोलालगायत विभिन्न खोलामा माछा मार्ने क्रम बढेको पाइएको छ ।

कतिपयले दुवाली छेकेर, जाल हानेर र पासो थापेर माछा मारेको देखिए पनि कतिपयले भने जैविक विविधतालाई नै असर पुग्नेगरी करेन्ट तथा विष हालेर माछा मारेको गुनासो आउन थालेको छ । स्थानीय खोलामा करेन्ट लगाएर, विष हालेर वा जिलेटिन पड्काएर माछा मार्न बर्जित गरिए पनि लकडाउनको अवधिमा कतिपय खोलामा पर्यावरणलाई असर पुग्ने गरी माछा मार्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका हुन् ।

खोलामा प्राकृतिक सन्तुलनलाई असर पुग्नेगरी माछा मारिएको विषयमा कतिपय स्थानीय तह अहिलेसम्म पनि बेखबर देखिएका छन् । खोलामा करेन्ट लगाएर माछा मार्नेको सङ्ख्या बढेपछि केपिलासगढी गाउँपालिकाले कारवाही गर्ने चेतावनी दिएको छ ।

लकडाउन भएको मौका पारेर स्थानीय रावा, रेनु तथा तापखोलामा करेन्ट लगाएर माछा मार्ने गरेको गुनासो आएपछि जैविक विविधतालाई खलल पुर्‍याउने गरी माछा मार्नेलाई कडा कारवाही गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । ‘दुवाली छेकेर, जाल हानेर, ढडिया, पासो र बल्छी थापेर माछा मार्न पाइए पनि खोलामा करेन्ट, बिष र जिलेटिन प्रयोग गर्न बर्जित गरिएको छ’ उनले भने, ‘भरपर्दो र सही जानकारी दिने व्यक्तिको नाम गोप्य राखेर सूचनादातालाई गाउँपालिकाको तर्फबाट २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।’

स्थानीय खोलामा करेन्ट लगाएर माछा मारिरहेको सूचना दिएपछि प्रहरी पुग्दा माछा मार्ने समूह केहीबेर भाग्ने र पुनः फर्केर माछा मार्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

लकडाउनको अवधिमा पनि खुलेआम रुपमा स्थानीय खोलमा करेन्ट लगाएर माछा मार्ने काम रोक लगाउन प्रहरी प्रशासनलाई आग्रह गरिए पनि सुनुवाइ नभएको रावाबेँसी गाउँपालिका–६ हौँचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए ।

लकडाउनको अवधिमा अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न सरकारले आग्रह गरे पनि जिल्लाका अधिकांश स्थानीय तहका स्थानीय बासिन्दाले उल्लङ्घन गरेको पाइएको छ । जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमा अहिले दैनिकजसो हुलका हुल गएर वनभोज खाँदै डुलिरहेका भेटिन्छन् ।

सरकारले लागू गरेको लकडाउन जिल्लाका बजार क्षेत्रमा समेत प्रभावकारी रुपमा कार्यान्वयन भएको देखिएको छैन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा काम नै नभएका व्यक्ति पनि ओहोर दोहोर गरिरहेका हुन्छन् ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले औषधि तथा दैनिक उपभोग्यवस्तु खरिद गर्न बाहेक अरुमा कडाइ गर्न प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताए । ‘औषधि तथा दैनिक उपभोग्य वस्तु खरिद गर्दासमेत सामाजिक दूरी कायम गरेर मात्र कारोवार गराउन प्रहरीलाई भनिएको छ’ उनले भने, ‘लकडाउन उल्लङ्घन गरेर माछा मार्ने र डाँडा डुल्नेलाई प्रहरीले खोजी खोजी कारवाही गर्नेछ ।’

यतिसम्म कि जिल्ला प्रशासन कार्यालयबाट पास (अनुमति) लिएका सवारी साधनसमेत मनोरञ्जनका काममा प्रयोग गरेको पाइएको छ । एउटा प्रयोजनका लागि भनेर प्रशासनबाट सवारी पास लिने र अर्कै प्रयोजनमा प्रयोग गर्ने गरेको पाइएको हो ।

जिल्लाका केही स्थानीय तहका बासिन्दा भने सामाजिक काममा सक्रिय बनेका छन् । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित चिउरीबासका स्थानीय बासिन्दा दैनिक भेला भएर सडक तथा बाटो सरसफाइमा व्यस्त छन् । रासस

सम्बन्धित समाचार

गौहत्या आरोपमा देवदहबाट ३ जना पक्राउ

बुटवल, २४ वैशाख-रुपन्देहीको देवदहमा गाई काटेर खाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिका- १० भुलहीबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामप्रसाद पराजुली, सुकबहादुर परीयार...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो

काठमाडौं, १३ साउन-मंगलबार नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ साउनमा निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल–...

सांसद राईको प्रश्न -नामकरणको प्रस्ताव किन टेबुल नगरेको ?

प्रदेश १ को प्रदेशसभा बैठकमा सांसदहरूले नामकरणको प्रस्ताव टेबुल गर्न माग गरेका छन् । सोमबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा (एमाले) की सांसद बिनादेवी राईले सरकारसँग नामकरणको प्रस्ताव टेबुल गर्न माग गरेकी हुन् ।...

१४ हजार बढी क्वारेन्टाइनमा, कम बागमती र सबैभन्दा बढी प्रदेश ५ मा

काठमाडौं, १३ वैशाख-कोरोना भाइरसका संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १४ हजार बढी व्यक्ति देशभरका विभिन्न क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न ठाउँमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य...

जनपुरधामका पूर्वमेयर गिरीको कोरोनाबाट निधन

जनकपुरधाम, २८ साउन-जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ ।उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको...

जुम्लामा एकै दिन १८ जनाले जिते कोरोना

जुम्ला, २८ जेठ-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् ।  कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरूलाई आइसोलेसनमा उपचारपश्चात पुनः पीसीआर...

जङ्गी अड्डामा पृतना सम्मेलन

काठमाडौं, ५ असार-मुलुकको सुरक्षा अवस्था र कोभिड-१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति सम्मेलन सुरू भएको छ । उक्त सम्मेलनमा उपत्यका बाहिरका ७...

पहिलो घण्टा नेप्सेमा युटर्न : साढे ११ बजे ८० अंकको ह्रास, १२ बज्दा २४ अंकको वृद्धि

कारोबार सुरु भएको पहिलो १५ मिनेटमा २६ अंकले ह्रास आएको मंगलबारको नेप्से कारोबारमा पहिलो ४५ मिनेटमा युटर्नका साथै त्यसपछिको १५ मिनेटमा उच्च अंकको उतारचढाव आएको छ । साढे ११ बजेसम्म अधिकतम ८० अंकले ह्रास आएको नेप्से...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्