तेस्रो प्याब्सन कप : विराटनगरका चार स्कुल क्वाटरफाइनलमा
बिहिबार, ३१ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार स्कुल क्वाटरफाइनमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा बिहीबार भएको खेलमा एभरेष्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल क्वाटरफाइनलमा पुगेका हुन् ।
प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले ग्रिनल्याण्ड स्कुललाई ३–० गोलले हरायो । जितको लागि एभरेष्टका सक्षम श्रेष्ठ, समथक पाठक र रायन पोखरेलले गोल गरे । खेलको प्लेर अफ द म्याच सक्षम श्रेष्ठ घोषित भए । दोस्रो खेलमा सनसाइन स्कुलले पूर्वाञ्चललाई २–० गोलले पराजति गर्यो । जितका लागि सनसाइनका आकश पास्वानले दुई गोल गरे् । प्लेर अफ द म्याच पास्वान घोषित भए । तेस्रो खेलमा सगरमाथाले सिद्धार्थलाई ३–० गोलले निराश बनायो । जितका लागि सगरमाथाका समयूलाले ह्याट्रिक गरे । उनले एक्लै तीन गोल गर्दै खेलको प्लेर अफ द म्याच घोषित भए । चौथो खेलमा दिल्ली पब्लिक स्कुलले जेम्स स्कुललाई ३–० गोलले हरायो । जितको लागि दिल्ली पब्लिक इमान खवासले ह्याट्रिक गर्दै तीन गोल गरे । उनी प्लेर अफ द म्याच घोषित भए । शुक्रबारको पहिलो खेल गोदावरी र गौतम बुद्ध स्कुलबीच हुनेछ भने दोस्रो खेल स्टार र सेन्ट जोसेफ स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।
सिरहा, १० वैशाख-उदयपुरका २७ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानमा त्रास फैलिएको छ । उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरूले छिमेकी जिल्ला उदयपुरमा कोरोना...
हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने छ । आजदेखि माघ स्नान गर्ने र घरमा सात्विक भावले भक्तिपूर्वक श्रीस्वस्थानीको पूजा आराधना गरी...
विराटनगर। मोरङको जहदा गाउँपालिका–३ मा रहेको मिठाई बनाउने उद्योगमा पाइप विष्फोट हुँदा दुई जना कामदार घाइते भएका छन् ।निर्माणाधीन अवस्थाको कोसी विराट एग्रो प्रा.लि नामक मिठाई बनाउने फ्याक्ट्रीमा मेसिन जडान गर्ने क्रममा मंगलबार साँझ ७ः४५...
संखुवासभामा लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको धर्मदेवी नगरपालिका-६ का ५१ वर्षीय जंगबहादुर जिमीको घरबाट लडेर मृत्यु भएको हो । जिमी मंलबार आफ्नै घर अगाडि ढुंगा निकाल्ने क्रममा चिप्लिएर लडेका थिए । जिमीलाई...
विराटनगर, १६ भदौ–सुनसरीमा मंगलबार अहिलेसम्मकै धेरै ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार ११ जना महिला र ४५ जना पुरुष गरी थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।...
काठमाडौं, चैत ३–बजारमा कोरोना भाइरसको त्रास बढेसँगै खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नयाँ सिलिण्डर बिक्रीवितरणमा रोक लागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले...
विराटनगर, चैत १०–कोरानो भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि विराटनगरको निजी क्षेत्रले समेत सक्रियता देखाएको छ । यसै क्रममा विराटनगर रोडशेष चोकस्थित सौगात हार्डवेयरले सेनिटाइजरसहित हात धुने व्यवस्था मिलाएको छ । रोडशेष चोकमा स्थापना गरिएको बेसिनबाट...
सेती अस्पतालमा उपचारत कञ्चनपुरका कोरोना भाइरस संक्रमित पुरुषको रिर्पोट नेगेटिभ आएको छ ।कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना...