राजेश दाइमाथि प्रश्न गर्ने मेरो हैसियत थिएन : दीपाश्री

 न्यूज विराट
राजेश दाइमाथि प्रश्न गर्ने मेरो हैसियत थिएन : दीपाश्री

काठमाडौं, १८ असार-केही दिनदेखि कलाकार तथा निर्देशक दीपाश्री निरौला निकै विवादित बनिरहेकी छन् । राजेश हमालको ‘महानायक’ उपाधिमा प्रश्न गरेपछि उनी विवादमा मुछिएकी थिइन् ।

दीपाश्रीको यस अभिव्यक्तिपछि राजेशका शुभचिन्तकहरू निकै आक्रोशित बनेका थिए । केही चलचित्र हिट हुँदैमा राजेशले चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानलाई भुलेको भन्दै दीपाश्रीलाई गालीको वर्षा भएको थियो ।

निकै आलोचित बनेपछि दीपाश्री निरौलाले राजेशका शुभचिन्तकहरूसँग माफी मागेकी छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै दीपाले राजेश दाइमाथि प्रश्न गर्ने आफ्नो हैसियत नभएको उल्लेख गरेकी छन् ।

दीपाले लेखेकी छन्, ‘भगवान् रामले पनि सीता मातालाई जंगल पठाएको कुराको ठूलो विरोध भयो । स्वयम् भगवान राम पनि आलोचनाका पात्र बन्न पुगे । कृष्ण भगवानमाथि पनि बेलाबेलामा औँला उठाइयो । मैले चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको विषम परिस्थितिमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर, आफूलाई वर्षाैंदेखि सहयोग गरेका प्राविधिकहरूलाई परेको पिरमर्कामा सहयोगी किन हुन सक्नु भएन ? भन्ने आशयले यो विषयमा बोलेकी हुँ । के प्रधानमन्त्री, के महानायक, के कलाकार, अथवा के भगवान्, सबैसँग गुनासो गर्न पाइन्छ । एउटा उच्च सम्मानमा बसेको मान्छेबाट केही आशा हुन्छ नै, मेरो आशय त्यति मात्र हो ।’

दीपाश्रीले राजेश हमाललाई सुपरस्टार होइन भन्ने हैसियत आफ्नो नभएको र आगामी दिनमा पनि नहुने उल्लेख गरेकी छन् । उनले थपेकी छन्, ‘मेरो पहिलो चलचित्रको नायक हो उहाँ । उहाँलाई महानायकको रूपमा मुन्द्रेको कमेडी क्लबमा अत्यन्त सम्मान गरेकी छु । हेर्न सक्नुहुन्छ !’

आफू दुःख गरेर आएको कलाकार भएको र अहिले घमण्ड नगर्ने दीपाको भनाइ छ । ‘म यो क्षेत्रमा ३० वर्षदेखि छु, टुप्पोबाट पलाएको पनि छैन’, दीपाश्री लेख्छिन्, ‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनुहुनेछ ।’

दीपाले चलचित्र क्षेत्रलाई आपत पर्दा सहयोगी मन नदेखाएकोमा भने प्रश्न खडा गरेकी छन् । कलाकार भएका कारण आफूलाई आएका असभ्य र पच्नै नसक्ने आरोपहरू पनि सामान्य रूपमा लिएको दीपाले बताएकी छन् । असभ्य गाली गर्नेहरूलाई दीपाले प्रश्न गरेकी छन्, ‘घरमा तपाईंका दिदीबहिनीले पनि यस्तै एउटा भुल गर्दा यसै गरेर अपशब्द प्रयोग गरेर गाली गर्नुहुन्छ ?’

सम्बन्धित समाचार

ग्रेडेड स्कुलका ६५ विद्यार्थी दिक्षित

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका ६५ जना विद्यार्थी दिक्षित भएका छन् । प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका ६५ जना विद्यार्थी दिक्षित भएका हुन् ।उनीहरुलाई स्कुलले एक कार्यक्रम आयोजना गरी दिक्षित गरेका...

कोरोना कोषमा जम्मा भयो २ अर्ब १३ करोड

काठमाडौं, १३ वैशाख-सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार अपराह्नसम्म...

ढकाल समूहका २ कार्यकारिणी सदस्य निर्विरोध

काठमाडौं, ४ मंसिर-नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको लागि २ कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएका छन् । महासंघ निर्वाचन समितिले बिहीबारसम्म उम्मेद्वारी दिने समय तोकेकोमा प्रदेश १ बाट र द्वीराष्ट्रिय उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका...

रुकुम घटनाको छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसकाे माग

काठमाडाैं, १९ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख...

इलाममा ग्याँस अभाव

विराटनग, चैत ९–उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले ग्यास बिक्री वितरणलाई सहज नबनाए बल प्रयोग गर्ने चेतावनी दिइरहँदा पूर्वी पहाडी जिल्लामा भने ग्यासको अभाव भएको छ । केही दिनदेखि बजारमा उपभोक्ताले सहज रुपमा खाना...

चौंथो मिल्स गोल्डकप : डिफेन्डिङ च्याम्पियन गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

विराटनगर । टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब...

हुन्डीको ६५ लाख रुपैयाँसहित कालीमाटीबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, १५ असार-काठमाडौंको कालीमाटीबाट हुन्डीको ६५ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक रमेश सिंह रहेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी किशोर कार्कीले बताए । एसपी कार्कीका अनुसार सिंहलाई महानगरीय...

ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगर जलबायु जनमार्च

विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगरमा युवाहरुले आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् । शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्