ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगर जलबायु जनमार्च

 न्यूज विराट
ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगर जलबायु जनमार्च

विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगरमा युवाहरुले आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् । शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग गरिएका प्लेकार्डहरू बोकेका थिए ।

नवीकरणीय उर्जाको आवश्यकता रहेको भन्दै उनीहरूले जलबायु जनमार्चको आयोजना गरेर सरकारको ध्यानाकर्षण समेत गराएका हुन् । खनिज इन्धनमा भन्दा नवीकरणीय उर्जामा सरकारले जोड दिनुपर्ने उनीहरूको माग थियो । यो मार्च सेप्टेम्बर १५ देखि १७ सम्मा विश्व भरी ७ सय भन्दा बदी शहरमा एकै पटक खनिज इन्धनको युग अन्त्य गर्न हजारौं मानिस सडक मा उत्रिएका छन् ।
सन् २०२३ को सेप्टेम्बरमा हुन गईरहेको संयुक्त राष्ट्रसंघको महासभा र संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गरेको जलवायु महत्वाकांक्ष शिखर सम्मेलनले खनिज इन्धनको प्रयोग अन्त्य गर्न र नवीकरणीय उर्जामा १००५ वित्तको द्रूत, न्यायसंगत परिचालन गर्न विश्वलाई बलियो सन्देश पठाउन महत्वपूर्ण अवसर प्रदान गर्नेछ । सोही अवसरको सदुपयोग गर्दै सन् २०२३ को सेप्टेम्बर १५ देखि १७ तारिखसम्म नेपाललगायत विश्वका विभिन्न देश तथा सहरहरुमा खनिज इन्धनको प्रयोग र लगानीको अन्त्यका लागि विश्वव्यापी परिचालन हुँदैछ ।
यसै सन्दर्भमा नेपालका प्रधानमन्त्री प्ष्पकमल दाहाल जलबायु जनमार्च सम्मेलनमा सहभागी हुन न्यूवोर्क प्रस्थान गरेका छन् ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्