वीरमानको स्वयम्भूमा अन्त्येष्टि

 न्यूज विराट
वीरमानको स्वयम्भूमा अन्त्येष्टि

काठमाडौं, १५ असार-उसुका खेलाडी वीरमान वाइबाको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको छ । वीरमानको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो । अन्त्येष्टिअघि वाइबाको पार्थिव शरीरलाई सोमबार अन्तिम श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्  (राखेप) मा राखिएको थियो ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका खेलाडी, प्रशिक्षकलगायतले उनको पार्थिव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए । सो अवसरमा नेपाली सेनाले श्रद्धाञ्जलि सभामा अन्तिम सलामी दिएको थियो । वीरमान नेपाली सेनामा आबद्ध थिए ।

वीरमानको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो । २०५० सालमा जन्मिएका वीरमान उसु खेल्नु अघि क्योकुसिन करातेका खेलाडी हुन् । उनको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

बुढिगंगा गाउँपलिकालाई राहत सामग्री हस्तान्तरण

विराटनगर, चैत २१–नेपाल कम्य्निष्ट पार्टी(नेकपा) बुढिगंगा गाउँ कमिटीले गाउँपलिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । नेपाल सरकारले जारी गरेको लक डाउनका कारण दैनिक ज्यालादारी काम गर्दै आएका परिवारलाई हात मुख जोर्न समस्या पर्दै गएपछी स्थानीय...

१५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं, २५ पुस । कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । कोरोनाको संक्रमण रोकथामका लागि भन्दै सीसीएमसीले विद्यालय बन्द गर्ने सिफारिस गरेको हो ।...

पाँच छात्रामाथि यौन दुर्व्यवहार प्रकरण, एक वर्षदेखि दुर्व्यवहारको आरोप लागेको शिक्षक धरौटिमा छुटे

विराटनगर । पाँच जना छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागेको मोरङको जहदा गाउँपालिकास्थित जनप्रीय आधरभूत विद्यालयका २७ वर्षे शिक्षक विकाशकुमार साह धरौटिमा रिहा भएका छन् । मोरङ अदालतका न्यायाधीश राजेशश्वर आर्यालयको इजालशले १ लाख...

कोरोना त्रासले मोरङ कांग्रेसको बैठक स्थगित

विराटनगर, चैत २–कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली कांग्रेस मोरङको बैठक स्थगित भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि पार्टीको बैठक तय थियो । घिमरेले आइतबार पार्टीले बैठक स्थगनबारे...

ग्रेडेड स्कुलमा विज्ञान र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा एक दिने विज्ञान तथा चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरभित्र शनिबार विज्ञान र चित्रकला प्रर्दशनी गरिएको हो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान...

विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्युको महिना दिन, प्रहरीको कहाँ पुग्यो अनुसन्धान ?

विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...

रानी महोत्सव २७ माघदेखि हुने, राष्ट्रिय कलाकारको प्रस्तुती रहने

विराटनगर । विराटनगर १५ स्थित गौतम बुद्ध स्कुल निजक रानी मिनी महोत्सव हुने भएको छ ।लालीगुराँस स्पोर्टिङ क्लब रानीको आयोजनामा माघ २७ देखि फागुन २७ गतेसम्म उक्त महोत्सव लाग्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको...

मोरङका थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, २२ भदौ–कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप २ जनाको मृत्यु भएको छ । एक जनाको आइतबार र एक जनाको सोमबार विहान मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्