विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्युको महिना दिन, प्रहरीको कहाँ पुग्यो अनुसन्धान ?

 न्यूज विराट
विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्युको महिना दिन, प्रहरीको कहाँ पुग्यो अनुसन्धान ?

विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक रुपमा केही भनेको छैन ।
जग्गाको कारोबार गर्दै आएका यादवको सुनसरीको इटहरीमा ३१ असारमा मृत अवस्थामा शव भेटिएको थियो । खुट्टा र तिघ्रामा चोकपटक लागेको यादवको हत्या भएको परिवारले दाबी गर्दै आएका छन् भने सुनसरी प्रहरीले भने हत्या वा आत्महत्या एकिन गर्न सकेको छैन । पोस्माटको प्रराम्भिक रिपोर्ट मात्र आइसकेको हुनाले भिसरा रिपोर्ट आएपछि मात्रै भन्न सकिने इलका प्रहरी कार्यालय इटहरीका निमिक्त कार्यालय प्रमुख प्रहरी निरीक्षक शम्भू बस्नेतले बताए । ‘हामीले सबै कोणबाट घटनाको सुष्म तरिकाले अनुसन्धान गर्दै आएका छौं । यस घटनामा थुप्रै व्यक्तिहरुलाई बोलाएर पनि अनुस्न्धान भएको छ ।

अहिले घटनाको अनुसन्धानको क्रममा रहेका छौं,’ प्रहरी निरीक्षक बस्नेतले भने, ‘प्रराम्भिक चरणको पोस्मार्टम रिपोर्ट आएको छ । यसबाट मात्रै नभएर हामीले भिसरा परीक्षणको लागि पनि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएका छौं । त्यो रिपोर्ट आउन बाँकी छ ।’ भिसरा रिपोर्ट आएपछि मात्रै हत्या हो वा होइन भन्न सकिने अवस्था रहेको प्रहरीका अधिकारीहरु बताउँछन् । तर, यस घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरीका अधिकृतका अनुसार यादवको हत्या भएको देखिने बताउने गरेका छन् । ‘हामीले यस घटना नजिकबाट अनुसन्धान गर्दै आएका छौं,’ ती प्रहरी अधिकृतले भने, ‘प्रमाण (दशि) र कसरी घट्ना घट्यो र संलग्नताको खोजी कार्यमा लागि रहेका छौं ।’

यता मृतकका आफन्तहरुले भने महिना दिन हुनलाग्दा पनि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसेको भन्दै न्यायको लागि हारगुहार गरेका छन् । विरेन्द्रका जेठा छोरा नितेश यादवले वुवाको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन् । ‘बुवा जग्गाको कारोबारवको सिलसिलाले इटहरी असार २७ गते बिहीबारका दिन ठूलो बुवा दिप नारयण यादवको घरमा जानुभएको थियो । त्यसदिन सँगै बसेर खाना पनि खानुभएको छ । विहान बुवा कोठामा नभएको खबर आउँछ । त्यसको तीन दिनपछि बुवाको शव नहरमा भेटिएको छ । बुवाको गोजीमा चेक पनि भेटिएको छ । त्यो चेक कसरी आयो । यस विषयमा प्रहरीले गहन अनुसन्धान गरी यार्थथ घटना दिनपर्यो भन्दै हामीले भन्दै आएका छौं । अहिलेसम्मको प्रगति पनि रिपोर्ट पनि हामीलाई जानकारी दिएको छैन । कसैलाई पक्राउ गरि कारवाहीको दायारमा पनि ल्याएको छैन । महिना दिन हुन लागो,’ मृतकका छोरा नितेशले भने, ‘बुवाको योजनाबद्ध रुपमा हत्या भएको छ । यस घटनामा प्रहरी गहिराइमा पुगेर सबै कोटबाट अनुसन्धान गरेर दोषीलाई सार्वजानिक गर्न हामीले जोडदार माग राखेका छौं ।’
प्रहरीले विरेन्द्र प्रसाद यादव नामको चेक प्रहरी बरामद गरेको छ । ‘बुवाको मोवाइलको लोकेसन धनकुटमामा देखिएको छ । तर, शव इटहरीमा भेटिएको छ । लोकेसन कसरी धनकुटा देखायो ? । प्रहरीले यस विषयमा पनि अनुसन्धान त गर्नुपर्यो,’ उनले भने, ‘अहिलेसम्म हामीलाई केही जानकारी प्रहरीबाट पनि आएको छैन ।’

सम्बन्धित समाचार

विविद्य कार्यक्रम गरी विराटनगरमा जेसीज सप्ताह मनाइदै

अंकित पोखरेल विराटनगर । विराटनगर जेसीजले ‘जेसीज सप्ताह २०२२’ विविध कार्यक्रम गरी मनाउने भएको छ । विराटनगर जेसीजले विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी विगतका वर्षहरु झै यसपटक पनि जेसीज सप्ताह कार्यक्रम गर्ने जानकारी गराएको हो...

१९ सांसदसहित १६० जनामा कोरोना पुष्टि

संघीय संसद सचिवालयमा गरिएको पीसीआर परीक्षणमा १९ सांसदसहित १६० जनामा कोरोना संक्रमण देखिएको छ । संसद सचिवालयका अनुसार १८ जना प्रतिनिधिसभा सदस्य, एक जना राष्ट्रियसभा सदस्यसहित १६० जनामा कोरोना पुष्टि भएको हो । कोरोना परीक्षणका लागि...

जनकपुरधाम उपमहानगरपालिकाका मेयरविरुद्ध सर्वोच्चमा मुद्दा दायर

जनकपुरधाम, १ साउन-जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साह र वडा नम्बर ७ का सदस्य नाजिर हुसैनले...

अध्यक्षद्वयकाे प्रस्तावमाथि छलफल जारी

काठमाडौं, २६ भदौ-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा केहीबेर बसेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । झण्डै डेढ महिनाअघि स्थगित बैठक अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बिहिबार...

बीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, ६ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । सुनसरीको इनरुवा –१ का ८३ वर्षीय वृद्धको बिहीबार बिहान २ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशीष श्रेष्ठले जानकारी...

प्रदेश १ मा १ सय १९ संक्रमित थपिए

विराटनगर, ५ असोज–२४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका एक÷एक महिलाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ...

आफु बन्न नपाएपछि पूर्वप्रधानमन्त्री छटपटाए : मन्त्री कर्ण

काठमाडौं, जेठ ३१। भूमि सुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले नेपालमा कुनै विदेशीको हस्तक्षेप नभएको बताउनुभएको छ । पाँचपुर्व प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तीमा असन्तुष्टि जनाउँदै मन्त्री कर्णले भन्नुभयो, आफु एकपटक प्रधानमन्त्री भईसकेपछि...

गण्डकीले ल्यायो २ अर्ब ९१ करोडको कोभिड-१९ कोष

पोखरा, असार १-गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्