शैक्षिक गुणस्तर सुधारका लागि समुदाय परिचालन आवस्यक : मन्त्री घिमिरे

 न्यूज विराट
शैक्षिक गुणस्तर सुधारका लागि समुदाय परिचालन आवस्यक : मन्त्री घिमिरे

विराटनगर, असार असार १५–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयलाई श्रोत सम्पन्न बनाउनका लागि समुदाय परिचालन आवस्यक भएको बताएका छन् । समुदायलाई परिचालन गर्न सके विद्यालयका लागि आवस्यक सामाग्री जुटाउन सहज हुने उनले बताए ।

तीनै तहको सरकारको श्रोतको सीमा हुने भएकाले एकै स्थानमा मात्र बढी खर्च गर्न नसकीने मन्त्री घिमिरेले बताए । झापाको दमक नगरपालिकाले विद्यालय शैक्षिक गुणस्तर सुधार संवन्धिको अनलाईन कार्यक्रममा आज मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । समुदाय परिचालन गर्न सके शैक्षिक गुणस्तर सुधारका लागि आवस्यक पर्ने सामाग्री जुटाउनका लागि समस्या नहुने उनले बताए ।

विद्यालयमा समुदाय परिचालन गर्नका लागि सामाजिक विकास मन्त्रालयले पुर्व विद्यार्थी समाज गठनको अवधारणा ल्याएको बताए । ‘ पुर्व विद्यार्थी विभिन्न तह र स्थानमा हुन्छन्, उनीहरुलाई परिचालन गर्न सके आवस्यक सामाग्री जुटाउन सहज हुन्छ ।’ उनले भने ।

मन्त्री घिमिरेले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय मितेरी सम्बन्ध कार्यक्रम, इ–एजुकेशनको व्यवस्थापन, पुर्व विद्यार्थी समाज गठन र परिचालन, आमा समुह गठन र परिचालनको काम भईरहेको बताए ।

प्रविधिमैत्री विद्यालय हुनका लागि शिक्षक पनि दक्ष हुनुपर्नेमा उनको जोड छ । शिक्षक दक्ष भए मात्रै विद्यार्थीले दक्षता आर्जन गर्न सक्ने उनले बताए । प्रविधि मैत्री विद्यालय निर्माण कार्यमा दमक नगरपालिकाले कार्य शुरु गरेकोमा उनले धन्यवाद दिए ।

प्रदेश १ ले शुरु गरेको अभियानले अन्य प्रदेशमा पनि सिकाईको आधार तयार भएको मन्त्री घिमिरेले बताए । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार कार्यक्रम संवन्धि सामाजिक विकास मन्त्रालयले गरेको काम र उपलब्धीबारे मन्त्रालयका तर्फबाट हिक्मत वस्नेतले प्रस्तुती गरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा आ १०७१ संक्रमित थपिए, ५ जनाको मृत्यु

विराटनगर, २६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३...

निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन : मनोज दुलाल

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन: मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार भएको दोस्रो साधरणसभाले दुलाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् । संघको वरिष्ठ...

काँग्रेसको बलियो साथले सरकार भ्रष्टाचार विरुद्ध खरो उत्रियो : देउवा

विराटनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको बलियो साथ रहेकोले नै सरकार भ्रष्टाचार विरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् । सुनसरीको इनरुवामा आज आयोजित काँग्रेसको जिल्ला सम्मेलन उद्घाटन समारोहमा बोल्दै देउवाले गठबन्धन...

गेटवेल अस्पतालमा ठुलो आन्द्राको सफल शल्यक्रिया

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गेटवेल हस्पिटलमा एक जना बिरामीको ठुलो आन्द्राको सफल शल्यक्रिया भएको छ । सप्तरीको ३७ बर्सिया कौसलीया देवी चौधरीको गेटवेल अस्पतालमा सफल शल्यक्रिया भएको हो । पेट साह्रै दुखाइ भएपछि...

क्यानद्वारा ३० सदस्यीय प्रारम्भिक क्रिकेट टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघले टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । संघले कारवाही गरेका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडी पनि प्रारम्भिक टिममा परेका छन् । ओमानमा हुने टि–२०...

सनसिटी अपार्टमेन्टका एकै परिवारका २ मा कोरोना देखियो, १ जनामा देखिएनः स्वास्थ्य मन्त्रालय

काठमाडौं, २ वैशाख-पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका एकै परिवारका ३ जनामध्ये २ जनामा मात्र कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ...

मजदुरको सामाजिक सुरक्षामा पहल गर्न संघीय संसद् तयारः सभामुख सापकोटा

काठमाडौं, १९ वैशाख-सभामुख अग्निप्रसाद सापकोटाले अग्रगमन तथा सामाजिक न्यायका लागि श्रमिकहरुबाट भएको योगदान र बलिदानको स्मरण गर्दै सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा शुुभकामना व्यक्त गरेका छन् । उनले हाल कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन...

विराटनगर रोडशेष चोकबाट ठुलो परिमाणमा भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद

विराटनगर, १३ माघ । विराटनगरको रोडषेश चोकबाट प्रहरीले ठुलो परिमाणमा अवैध कुखुरा बराबद गरेको छ । विराटनगर–१२ स्थित रोडशेष चोकबाट भारतको जोगवनीबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको ठुलो परिमाणमा बोइलर कुखुरा प्रहरीले बरामद गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्