सनसिटी अपार्टमेन्टका एकै परिवारका २ मा कोरोना देखियो, १ जनामा देखिएनः स्वास्थ्य मन्त्रालय

 न्यूज विराट
सनसिटी अपार्टमेन्टका एकै परिवारका २ मा कोरोना देखियो, १ जनामा देखिएनः स्वास्थ्य मन्त्रालय

काठमाडौं, २ वैशाख-पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका एकै परिवारका ३ जनामध्ये २ जनामा मात्र कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ भने अर्का १ जनाको पहिलो परीक्षण नेगेटिभ देखिएको छ ।

हेर्नुहोस् मन्त्रालयको सूचना

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड-१९ को शंकास्पदहरूको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना (५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला) को पोजेटिभ देखिएकोले पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी १ जनाको पहिलो परिक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाईन टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ । उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ भने निजहरू संग संलग्नहरूको tracing सुरू भएको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट अर्घाखाँचीका १ युवकको मृत्यु

काठमाडौं, १५ जेठ-भारतको गुजरातबाट नेपाल फर्कंदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ ढिकुराका ३५ वर्षीया युवामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको लखनउ आसपास आइपुग्दा उनको गत १० जेठमा मृत्यु भएको थियो ।...

नेपाल प्रहरीमाथि जाइ लाग्ने चिनियाँ नागरिकलाई मुद्दा लगाइने

 काठमाडौं, २७ वैशाख-सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने ४ चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरूलाई आइतबार अभद्र...

ज्योती आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर

विराटनगर, २० भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त शिविर आयोजना गरेको छ । विद्यार्थीहरुका लागि क्लबले विराटनगर विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालयमा नौलखा डेन्टल केयरको सहकार्यमा निःशुल्क...

विराटनगरमा २८ सहित प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण

विराटनगर, १८ असोज । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरी निरीक्षक दिनेश गौतम घाइते

नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । त्यस समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको प्रहरीको टोली र नेकपाका कार्यकर्ताबीच झडप हुँदा सादा पोशाकमा खटिएका महानगरीय अपराध महाशाखाका प्रहरी...

गुडिरहेको बसमा एकाएक आगो दन्कियो

काठमाडौं, कार्तिक ७ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट...

विश्वराज पोखरेल एआईजीमा बढुवा

काठमाडौं, १५ मंसिर-नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । एआईजीमा बढुवासँगै पोखरेल अहिलेका प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीको अवकासपछि प्रहरी नेतृत्वमा प्रबल दाबेदार रहने...

इन्डो नेपाल क्रिकेट प्रतियोगिताको दोस्रो खेल : एनबीएससीको शानदार जित

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको दोस्रो खेलमा भारतको सुपोल क्रिकेट क्लब (मुन) लाई ६ विकेटले हराउँदै एनबीएससी अन्तिम चारमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्