बीपीमा २० वर्षीया संक्रमित महिलाले जन्माइन् स्वस्थ शिशु - News Birat

बीपीमा २० वर्षीया संक्रमित महिलाले जन्माइन् स्वस्थ शिशु

न्यूज विराट
विराटनगर, ८ भदौ-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० वर्षीया कोरोना भाइरस संक्रमित महिलाले स्वस्थ्य शिशुलाई जन्म दिएकी छन् । मोरङको विराटनगर-३ की ती महिलाले बीपीको कोभिड–१९ अस्पतालमा सोमबार शिशुलाई जन्म दिएकी हुन् ।

आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ‘नवजात शिशुको र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो छ,’ उनले भने ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles