स्तरोन्नति नभएको भन्दै दक्षिणकालीमा विरोधस्वरूप सडकमै रोपाइँ

 न्यूज विराट
स्तरोन्नति नभएको भन्दै दक्षिणकालीमा विरोधस्वरूप सडकमै रोपाइँ

काठमाडौं, ८ असार-सरकारले जस्तै स्थानीय तहहरूले समेत विकास बजेट खर्च गर्न सक्दैन । तर, जनता भने विकास भएन भनेर विरोध गर्नुपर्ने बाध्यता छ । सोही क्रममा दक्षिणकाली नगरपालिका-३ का स्थानीयले सडक मर्मत तथा कालोपत्र नभएको भन्दै विरोधस्वरूप सडकमा रोपाइँ गरेका छन् । सडकमा कालोपत्र, कुलो आदि निर्माण नगरिएको भन्दै विरोधस्वरूप उनीहरूले सडकमै रोपाइँ गरेका हुन् ।

स्थानीयका अनुसार २५ वर्षअघि निर्माण भएको सडक हालसम्म सुरुको दिनमा जस्तो थियो त्यस्तै छ । ‘जुनसुकै दल जुनसुकै प्रतिनिधि आए पनि हाम्रो माग पूरा भएन’, स्थानीय प्रशान्त केसीले भने, हामीले एम्बुलेन्स सहजै सञ्चालन होस् भनेर सडक कालोपत्रको माग गरेका हौँ । बिरामी पर्दासमेत बिरामीलाई अस्पताल पुर्‍याउन नभ्याउने स्थिति छ ।’

‘विकास बजेट भने खर्च नहुने अवस्था रहेको छ सडक निर्माण गर्नुपर्‍यो भनी बजेट माग गर्दा रकम छैन भन्छन्’, अर्का स्थानीय अनिल सिंह बस्नेतले भने, ‘कस्ता जनप्रतिनिधि हुन् । हामीले आफनो व्यक्तिगत विकासका लागि रकम माग गरेका त होइनन् ? बिरामी, अशक्त आदिलाई अप्ठेरो पर्दा सहजै रूपमा गाडीमार्फत जान पाउनु भन्ने हाम्रो माग हो ।’

उनले सडक निर्माणका लागि नगर प्रतिनिधि तथा नगरपालिकालाई भने पनि त्यसको सुनुवाइ हुन नसकेको बताए । करिब २५ जना स्थानीय युवा, वृद्ध, महिला लगायतका स्थानीय सहभागी विरोध कार्यक्रममा उनीहरूले सडकमा धान रोपौँ कि माछा पाल्यौँ, जनप्रतिनिधको पाराले दु:ख पाए साराले, बजेट खल्तीलाई हो कि सडकलाई लगायतका नारा लेखेका प्लेकार्डसमेत बोकेका थिए ।

सम्बन्धित समाचार

भाजपा विदेश विभाग इन्चार्जले भेटे प्रधानमन्त्री

नेपाल–भारत सम्बन्ध सुधारमा दुवै देशका सत्तारुढ पार्टी तहमा भ्रमण आदनप्रदान हुन थालेको छ ।नेकपा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निमन्त्रणामा भारतीय जनता पार्टीका विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवा नेपाल भ्रमणमा आएका छन् । चौथाइवाले बिहीबार...

वायूप्रदुषणले आक्रान्त दिल्लीमा लकडाउनको तयारी : स्कुल र सरकारी कार्यालय बन्द

एजेन्सी, २९ कात्तिक । वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले राज्य सरकारले लकडाउन योजना बनाइरहेको जानकारी त्यहाँको उच्च अदालतलाई दिएका छन् । भारतीय संचारमाध्यमका अनुसार मुख्यमन्त्री...

२९ वर्षीया कविताले पाइन् नयाँ जीवन, उच्च रक्तचाप भएकी गर्भवतीको मोरङ सहकारीमा निःशुल्क उपचार

विराटनगर । भोजपुरको रामप्रसादराई गाउँपालिका – ८ की २९ वर्षीया रक्तअल्पता भएकी गर्भवति महिला कविता राईको मोरङ सहकारी अस्पतालमा निःशुल्क उपचार भएको छ । आर्थिक अवस्था नाजुक भएकी राईको उपचार मोरङ सहकारीमा निःशुल्क भएको हो...

वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १४ साउन-वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु भएको छ । छुट्टाछुट्टै अस्पतालमा बुधबार २ कोरोना संक्रमितको मृत्यु भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नेशनल मेडिकल कलेज तथा शिक्षण...

प्रहरीमा एक एआईजी र पाँच डीआईजीकाे दरबन्दी थप

काठमाडौं, ४ मंसिर-नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पद थप भएको छ । गृह मन्त्रालयले पाँच डीआईजी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरेको भए पनि मन्त्रिपरिषद्‌ले एक एआईजीसमेत...

प्रधानन्यायाधीशले बाेलाए फुलकोर्ट

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । आज दिउँसो २ बजे बस्नेगरि फुलकोर्ट बोलाइएको हो । बैठकमा प्रधानन्यायाधीशसहित २० जना बस्ने छन् । यसअघि बुधबार...

लकडाउनपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १७ वैशाख-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले...

आईजीपी ज्ञवालीले लगाइदिए बढुवा भएका तीन जना एआईजीलाई फुली

३ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) लाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी नायव महानिरीक (डीआईजी) पदबाट एआईजीमा बढुवा भएका हरिबहादुर पाल, शैलेस थापा क्षेत्री र तारिणी प्रसाद लम्साललाई प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्