नेपालमा मनसुन सक्रिय, अझै १ साता वर्षा जारी रहने

 न्यूज विराट
नेपालमा मनसुन सक्रिय, अझै १ साता वर्षा जारी रहने

काठमाडौं, ७ असार-नेपालमा मनसुन सक्रिय बन्दै अझै १ साता वर्षा हुने क्रम जारी रहने मौसमविद्ले बताएका छन् । मनसुन भित्रिएर देशभर फैलने क्रममा वर्षा सुदूरपश्चिम पुग्न थालेको छ ।

त्यहाँदेखि यताका क्षेत्रमा विगत १ सातादेखि नै वर्षा हुने क्रम कायम छ । अझै १ साता यो क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन देशभर प्रशस्तरूपमा फैलने क्रममा रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । अहिले कर्णाली प्रदेशसम्म पुगेको मनसुनको सक्रियताका कारण देशव्यापीरूपमा बदलीको अवस्था रहेको जनाइएको छ ।

हाल भारतको पूर्वी उत्तर प्रदेशको भूूभागमा न्यून चापीय प्रणाली रहेको छ । मनसुन सक्रिय भएसँगै वर्षा हुने क्रम जारी रहँदा देशका ठूला/साना नदीको बहाव बढ्दैछ ।

बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलका अनुसार शनिबार बिहानैदेखि नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, गुल्मी, पाल्पा, बागलुङ, प्युठान र आसपासका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ ।

सम्बन्धित समाचार

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७० डिस्चार्ज

पछिल्लो २४ घण्टामा २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३...

नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

काठमाडौं, २ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको अघिल्लो दिन नेताहरुको दौडधूप सुरु भएको छ । निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्...

१ हजार १५८ संक्रमित निको भए

काठमाडौं, २ असार-संक्रमण मुक्त हुनेको संख्या दिनदिनै बढी रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप ११७ जना कोरोना भाइरस संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए...

आज ओलीले पनि पत्रकार सम्मेलन गर्दै

काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका धारणाहरू सार्वजनिक गर्न अध्यक्ष ओलीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको पार्टीका प्रचार विभाग...

नेपालमा थप २४२ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

नेपालमा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो...

अतिक्रमित भूभाग समेटिँदा मधेशमा उत्साह

काठमाडौं, ५ असार-पश्चिम नेपालको भारतीय अतिक्रमणमा परेको भूभाग मुलुकको राष्ट्रिय निशान छापमा समेटिएपछि महोत्तरीमा उत्साह देखिएको छ । मुलुकको सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले राष्ट्रको निशानछाप सच्याउन संविधान संशोधनमा अभूतपूर्व एकता देखाएका महोत्तरीका राजनीतिक...

मकवानपुरमा ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिए

हेटौंडा, १६ जेठ-मकवानपुरमा ४३ वटा बालविवाह रोकिएका छन् । पछिल्लो समय जिल्लामा बालविवाहको घटना वृद्धि हुँदै गइरहेको अवस्थामा विगत ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिएको हो । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सिबिन बाल...

अत्याधिक भीड लागेपछि इटहरीको तरकारी बजार उठाइयो

विराटनगर, बैशाख २१–लकडाउनको समयमा सामाजिक दुरीलाई बेवास्ता गर्दै ठूलो भीड लागेको पाइएपछि सुनसरीको इटहरीमा लगाइएको तरकारी बजार उठाइएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दूरी कायम राख्न र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्