आज ओलीले पनि पत्रकार सम्मेलन गर्दै - News Birat

आज ओलीले पनि पत्रकार सम्मेलन गर्दै

न्यूज विराट

काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका धारणाहरू सार्वजनिक गर्न अध्यक्ष ओलीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

आजकाे पत्रकार सम्मेलनमा एमालेले एमसीसीबारे पनि धारणा राख्ने बताइएकाे छ । पत्रकार सम्मेलनका लागि दिउँसो १ बजे, रोयल ब्यांकेट तीनकुनेमा पत्रकारहरूलाई बोलाइएको छ ।

यसअघि हिजाे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पत्रकार सम्मेलन गरेर एमसीसी लगायतका विषयमा धारणा राखेका थिए । नेपाली कांग्रेसका तर्फबाट प्रवक्ता प्रकाशशरण महतले पनि पत्रकार सम्मेलन गरेर एमसीसी पास गर्न सहयाेग गरेकाेमा सबैलाई धन्यवाद दिएका थिए ।

एमसीसी पास गराउन एमालेले पनि सकारात्मक याेगदान दिएकाे महतले बताएका थिए । एमसीसी पास गरिएकाे आइतबारकाे संसद बैठकमा एमालेले नाराबाजी कायमै राखेकाे थियाे ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles