कालापानी निरीक्षणमा गएका प्रधानसेनापति थापा र सशस्त्र आईजीपी दार्चुला पुगे 

 न्यूज विराट
कालापानी निरीक्षणमा गएका प्रधानसेनापति थापा र सशस्त्र आईजीपी दार्चुला पुगे 

काठमाडौं, ३ असार -नेपाल-भारतको सीमा क्षेत्र दार्चुलाको कालापानी निरीक्षण भ्रमणमा गएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनाल दार्चुला पुगेका छन् ।

उनीसँगै नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत दार्चुला पुगेका छन् । आज बिहान साढे ७ बजे सेनाको स्काई ट्रकमार्फत् प्रधानसेनापति थापा र आइजीपी खनाल धनगढी पुगेको र त्यहाँबाट हेलिकोप्टरमार्फत् दार्चुला पुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।

उनका अनुसार केही दिन अघि सशस्त्र प्रहरीले स्थापनाको गरेको कालापानीको छाङ्गुर आउट बोर्डर पोस्ट (बीओपी) को निरीक्षण र दार्चुला तिङ्कर सडक खण्डको अनुगमन गरेर आज साझ धनगढी फर्किने कार्यतालिका रहेको छ । भ्रमणपछि सुदूरपश्चिम प्रमुखसँग छलफल गर्ने र आज धनगढीमै बस्ने र भोलि मात्रै काठमाडौं फर्किने जनाइएको छ ।

सम्बन्धित समाचार

उम्मेद्वार टुंगो लगाउन आज एमाले सचिवालयको बैठक

भक्तपुर, बैशाख १० । महानगरपालिका र उपमहानगरसहित स्थानीय तहका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे...

लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...

एक्सनमा इप्रका रानी, हप्तादिनमा १९ लाखको तस्करीको सामान बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा हुने चोरी तस्करीलाई निस्तेज बनाउने अभियान सुरु गरेको मोरङ प्रहरीले भन्सार छली गरेर आउने सामग्रीहरू धमाधम बरामद गर्न थालेको छ । चोरी तस्करी भएर आएको समान...

प्रदेश १ मा प्रदेशसभा बैठक फेरि सारियो, अर्को बैठक २ चैतमा

प्रदेश १ को प्रदेशसभा बैठक पुनः स्थगित गरिएको छ । ९ फागुनमा  मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएपछि सभामुख भण्डारीले भोलि २० फागुनमा बैठक बस्ने गरी मिति ताेकेका थिए ।  तर, राजनीतिक सहमतिका लागि भन्दै यसअघि ताेकिएकाे बैठक सारेर...

रतुवामाईले स्थापना गर्‍यो ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’

विराटनगर, १३ चैत-मोरङको रतुवामाई नगरपालिकाले ‘काेरोना भाइरस संक्रमण रोकथाम विपद् कोष’ स्थाना गरेको छ । विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोष स्थापना गरिएको हो । रतुवामाई नगरपालिकाका...

निशानदेवीले वितरण गर्यो मोरङका पत्रकारलाई सुरक्षा सामग्री

विराटनगर, १६ असोज–मोरङका पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरिएको छ । निशानदेवी मिडिया प्रालिले कोरोना माहामारीकाबिच पनि अग्रपंक्तिमा रहेर खटिने जिल्लाका तीन दर्जन पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । निशानदेवी मिडिया प्रालिले एक कार्यक्रमकाबिच...

७० अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा सीमित

सोमबार ७३ अंकले घटेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से सूचक ७० दशमलव ०१ अंकले घटेर २६१५ दशमलव ४० अंकमा आइपुगेको हो । नेप्से सूचकसँगै आज सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२...

प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि, उद्घाटनमा इलाम र उदयपुर भिड्दै

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ ।कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्