मोटरसाइकल र प्रेमिकाको विषयमा विवाद हुँदा साथीको हत्या 

 न्यूज विराट
मोटरसाइकल र प्रेमिकाको विषयमा विवाद हुँदा साथीको हत्या 

पोखरा, २ असार-पोखराका एक युवाको हत्या भएको रहस्य खुलेको छ । नयाँ मोटरसाइकल किनेको खुसियालीमा साथीहरूलाई पार्टी दिने क्रममा बाइक र प्रेमिकाका बारेमा बढेको विवादले उग्र रूप लिएपछि सँगै पार्टीमा रमाएका साथीहरूले नै अमित रसाइलीको हत्या गरेको खुलेको हो ।

पोखरा– ३२ का २१ वर्षे अमित रसाइलीलाई उनकै साथीहरूले हत्या गरेर सेती नदी किनारमा फालेको रहस्य खुलेको प्रहरीले जानकारी दिएको छ । रसाइलीको शव आइतबार बिहान ७ः१० बजे पोखरा–३२ स्थित सेती नदीको बीचमा भेटिएको थियो ।

शनिबार रातको करिब ९ बजे मोटरसाइकल किनेको खुसियालीमा साथीहरूलाई पार्टी दिन भनेर घरबाट हिँडेका उनी बेपत्ता भएका थिए । रसाइली हराएको भनी उनीसँगै पार्टी खाएका साथीहरूले नै आइतबार बिहान साढे ३ बजे खबर गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले खोजतलास सुरू गरेको थियो । खोजतलासका क्रममा बिहान सेती नदीमा उनकाे शव भेटिएको थियो ।

प्रहरीले रसाइलीसँगै गएका ४ जना साथीहरूसँग सोधपुछ गर्ने क्रममा उनकै साथीहरूले हत्या गरी सेती नदीमा फालेको खुलेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

मोटरसाइकल किनेको खुसियालीमा पोखरा– ३३, बाघमाराको चौरमा जम्मा भएर लोकल रक्सी, चाउचाउ र चुरोट खाँदै गफ गर्दा उनीहरूबीच बाइक र प्रेमिका कसको राम्रो भन्ने गफ गर्दागर्दै उनीहरूबीच झगडा भएको देखिएको कार्कीले बताए ।

झगडा सुरू भएपछि साथीहरूले अमितलाई हेल्मेट र ढुंगाले टाउकामै हिर्काएर हत्या गरेको खुलेको हो । अमितको मृत्यु भएपछि शव लुकाउन उनीहरूले सेती नदीको खोंचमा फालेका थिए ।

प्रहरीले अमितको हत्या गरेको आरोपमा २० वर्षे मनीष श्रेष्ठ, २१ वर्षे सुनम गुरूङ, २१ वर्षका शंकर सुनार र कृष्ण सुनारलाई पक्राउ गरी थप अनुसन्धान गरी रहेको जनाएको छ। प्रहरीले जिल्ला अदालत कास्कीबाट अनुमति लिई थप अनुसन्धान थालेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार

हृदयाघात, मिर्गौला रोगीलाई काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्यसमिति) सँग सम्झौता गर्दै यस्तो सेवा...

मोरङको लेटाङबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ

विराटनगर,  २ मंसिर-मोरङको लेटाङबाट मंगलबार जुवा खेल्दै गरेका सात जनालाई पहरीले पक्राउ गरेको छ । लेटाङ- ९ स्थित जाँतेमा स्वेताम मगरको घरमा छापामारेर प्रहरीले १ लाख ८८ हजार नगदसहित सात जनालाई जुवाको खालबाट पक्राउ गरेको...

प्रदेश १ का मुख्यमन्त्रीसहित आठ सांसद प्रचण्ड–नेपाल समूहद्वारा निलम्बित

विराटनगर, २८ पुस-नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ । प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा...

एसईई वैशाख र कक्षा १२ को परीक्षा जेठमा हुने

काठमाडौं, ६ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय पनि गरेको...

जीपी कोइराला फाउण्डेशनमा ई–लाइब्रेरी

विराटनगर, चैत ७–विराटनगरस्थित जीपी कोइराला फाउण्डेशनमा ई–लाइब्रेरी स्थापना गरिएको छ । गिरिजाप्रसाद कोइरालाको १० औं स्मृतिको दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा फाउण्डेशनकी केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले इलाइब्रेरीको उद्घाटन गरिन् । लाइब्रेरीमा शिक्षा, स्वास्थ्य,...

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो १०औँ महाधिवेशनको निमन्त्रणा दिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र नेता डा. राजन भट्टराईले पार्टीको...

शनिबार देशभर थपिए ८८४ संक्रमित, ३१३ जना डिस्चार्ज

काठमाडौं, १३ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

एमाले विराटनगरको निर्वाचन : मनोनयन दर्ता सुरु, राती ११ बजे मतदान

विराटनगर । विराटनगरमा नेकपा एमालेको महानगर कमिटीको निर्वाचन प्रक्रिया अघि बढेको छ। निर्वाचन कमिटीले मनोनयन दर्ताका लागि फाराम वितरण सुरु गरेको छ । जसका लागि आकांक्षी उम्मेदवारहरू फाराम लिन लाइनमा देखिएका छन्।मंगलबार उद्घाटन भएको दोस्रो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्