एसईई वैशाख र कक्षा १२ को परीक्षा जेठमा हुने - News Birat

एसईई वैशाख र कक्षा १२ को परीक्षा जेठमा हुने

न्यूज विराट

काठमाडौं, ६ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाखमा गराउने निर्णय गरेको हो । बोर्ड बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय पनि गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

अध्यक्ष शर्माका अनुसार, परीक्षाको तालिका छिट्टै सार्वजनिक गरिनेछ । परीक्षाको मोडालिटीका विषयमा भने निर्णय हुन बाँकी रहेको उनले बताए ।

कोरोनाका कारण पठनपाठन केही ढिला सुरु भएकाले परीक्षा पनि केही ढिलो गराउन लागिएको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles